२८ भदौ २०८३, आइतबार | Sun Sep 13 2026

नेपाली कांग्रेसले संघीयता अनुरुप पार्टी संरचना बनायो


३० कार्तिक २०७६, शनिबार  

0
Shares

congresh1
गौरीगंज ३०, कात्तिक / नेपाली कांग्रेसले संघीयता अनुरुप पार्टी संरचना बनाएको छ । नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशन अनुरुप यसअघि नै निर्वाचन, प्रदेश क्षेत्रीय समिति, नगर र गाउँ समितिका संरचना समायोजन गरिसकेको कांग्रेसले आज वडा समायोजन गर्दै संघीय संरचना अनुरुपका संरचना बनाएको हो ।
कांग्रेस केन्द्रीय समितिको निर्देशन अनुरुप नेपाली कांग्रेस झापाले पनि आज १३१ वटै वडामा वडा समिति समायोजन गरेको छ । केन्द्रीय समितिले सकेसम्म सहमतिमा सहमति नभएको अवस्थामा कार्यगत जेष्ठता, तत्कालीन वडाका क्षेत्रीय प्रतिनिधि, सक्रिय सदस्य को आधारमा सहमतिमै नेतृत्व चयन हुने गरी स्थानीय तह पार्टी संरचना समायोजन अन्तरिम निर्देशिका–२०७६ जारी गरेपछि अधिकांश वडाहरुमा सहमतिमै नेतृत्व चयन भएको निर्वाचन प्रतिनिधिहरुले जनाएका छन् । यसअघि निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, गाउ÷नगर समितिमा पनि सहमतिमै नेतृत्व चयन गरिएको थियो ।
झापाका पाँचवटै निर्वाचन क्षेत्र अन्तर्गत स्थानीय तहका सम्पूर्ण वडाहरुमा पार्टी समायोजन भइसकेको र अब संघीय संरचना अनुरुप नेतृत्व चयन भएपछि पार्टीका गतिविधि सञ्चालन सहज हुने क्षेत्रीय सभापतिहरुले जनाएका छन् ।
यसैबीच झापाको विर्तामोड नगरपालिका–१ मा नगेन्द्र बस्नेत, ३ मा प्रेम उप्रेती, अर्जुनधारा नगरपालिका–५ मा देवीनाथ खतिवडा, मेचीनगर–६ मा धनप्रसाद केरुङ,गौरीगंज गाउपालिका वार्ड नं. ६ मा बद्री नारायण यादव, वार्ड नं. ५ मा देवनारायाण ताजपुरिया, वार्ड नं. ४ मा दुर्गा ताजपुरिया, वार्ड न. १ को दिनेश्वर राजवंशी र वार्ड नं. २ को अग्नु राजवंशी चयन भएका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  १२ : ०७ बजे