७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

साना किसान खजुरगाछीकाे साधारणसभा सम्पन्न


३० कार्तिक २०७६, शनिबार  

0
Shares

20191116_170002

गाैरीगंज ३०, कार्तिक / गाैरीगंजस्थित साना किसान सहकारी संस्था खजुरगाछीकाे पाँचौ साधारण सभा सम्पन्न भएकाे छ ।
गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले पानसमा बत्ती बालेेेर र विरूवामा पानी हालेर कार्यक्रमकाे उद्घाटन गरेका थिए ।
खजुरगाछी मावि प्रांगणमा सम्पन्न साधारणसभामा संस्थाकी अध्यक्ष डिककुमारी अधिकारीले संस्थाकाे प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । संस्थाकी लेखा समिति संयाेजक नाैताली राजवंशीले संस्थाकाे ५४ लाख ७५ हजार ७ सय २१ आम्दानी र ४० लाख ७३ हजार १ सय ८१ रूपैयाँ खर्च रहेकाे लेखा प्रतिवेदन प्रस्तुत गरेकि थिइन् । पाँचौ बार्षिक साधारणसभाकाे अवसरमा संस्थाका ६ जना जेष्ठ सेयर सदस्यलााई सम्मान गरिएको थियाे। संस्थामा आवद्व रहेका समुहहरू मध्ये ९ वटा समुहहरूलाई पनि सम्मान गरिएको थियाे।त्यस अबसरमा उत्कृष्ट ऋण काराेवार गर्ने ८ जान,उत्कृष्ट बाल वचत १७ जना र सब्जी खेती तर्फ १ जनालाई पुरस्कृत गरिएकाे थियाे । गौरीगंज गाउपालिका अध्यक्ष बाबुराजा श्रेष्ठकाे प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा साना किसान बिकास बैंक बिर्तामोडका अधिकृत इच्छाराम पाेख्रेल,साना किसान कृषि सहकारी संस्था ग्वालडुब्बाका अध्यक्ष नवराज लुईटेल,गौरीगंज गाउपालिका वडा नं -५ र ६ का अध्यक्ष बिजय प्रसाद सिंह र बद्री नारायण यादव लगायतले शुभकामना मन्तब्य राखेका थिए। संस्थाकि उपाध्यक्ष दिनवत्ती राजवंशीले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा सदस्य लक्ष्मी लुईटेलले कार्यक्रम संचालन गरेकाे संस्थाका प्रवन्धक ओम प्रकाश ताजपुरीयाले जानकारी गराए।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ११ : १९ बजे