१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापाको निर्वाचन क्षेत्र नं ५ मा कांग्रेस पार्टीकाे वडाले नेतृत्व पाउँदैछन्


३० कार्तिक २०७६, शनिबार  

0
Shares

20191116_142511

दमक ३०, कार्तिक /

नेपाली कांग्रेसले संघीय संरचना अनुसार पार्टी संगठन समायोजन प्रकृयालाई झापामा निरन्तरता दिएको छ ।

कांग्रेस झापाका अनुसार आज शनिबार सम्ममा सबै पालिकाका वडाहरुमा पार्टीको विधान अनुसार सभापति चयन भईसक्नेछन् । सो अन्तर्गत झापाको निर्वाचन क्षेत्र नं ५ अन्तर्गतका दमक, कमल , गौरादह र गौरीगञ्जमा पालिकास्तरमा सभापति चयन पूरा भएको पार्टीका क्षेत्रीय सचिव धर्मानन्द भट्टराईले जानकारी दिनु भयो । आज हुने वडा समायोजन पछिको नेतृत्व चयनका लागि क्षेत्र अन्तर्गतका सबै वडाहरुमा प्रतिनिधिहरु खटिएका जनाइएको छ ।

उहाँका अनुसार शनिबार आज सम्ममा वडा सभापतिसहितको वडा समितिको टुंगो लगाईसकिनेछ । क्षेत्र नं ५ अन्तर्गतका पालिकाहरुमा कूल ३२ वटा वडा रहेका छन् । सबै वडाले पार्टीको नयाँ संरचना अनुसार नेतृत्व पाउने र अन्य भातृ संघहरुको समेत पार्टी निर्देशन अनुसार नेतृत्व चयन गरि संगठन सशक्त बनाईने पार्टीका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले जानकारी दिनु भयो ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ८ : ४५ बजे