काठमाडौं १६, फागुन / सरकारले भारत र पाकिस्तानबीचको तनाब वार्ताका माध्यमबाट हुनुपर्नेमा जोड दिएको छ । यही फागुन २ गते जम्मुकाश्मिर राज्यको पुलवामा सुरक्षाफौजमाथि भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीच बढेको तनावले नेपाल सरकारलाई चिन्तित तुल्याएको बताउँदै परराष्ट्र मन्त्रालयले शान्तिपूर्ण माध्यमबाट परिस्थितिलाई सामान्य बनाउन आग्रह गरेको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को…