१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेपाली कांग्रेस कमलकाे वनभोजसहितको कार्यकर्ता पुर्नमिलनको कार्यक्रम


२३ माघ २०७६, बिहिबार  

0
Shares

20200206_211356
दमक/नेपाली कांग्रेस कमलले वनभोजसहितको कार्यकर्ता पुर्नमिलनको कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिने तयारी गरेको छ ।
कांग्रेस कमल गाउँसमिति सहसंयोजक राजकुमार न्यौपानेको संयोजकत्वमा सो कार्यक्रम तयारी तथा व्यवस्थापन गरिएको हो ।

अघिल्लो बर्षझैं यो बर्षपनि माघ २५ गते कमल ३ सानो केर्खास्थित  कमल खोला किनारको पर्यटकीय क्षेत्र बाल्मिकी आश्रम परिसरमा कार्यक्रम गर्ने तयारी भएको न्यौपानेले जानकारी दिनु भयो । कांग्रेसका केन्द्रिय सदस्य समेत रहनु भएका युवा नेता प्रदिप पौडेलको प्रमुख उपस्थितीमा कमल गाउँपालिकास्थित कांग्रेस कार्यकर्ता र शुभचिन्तकहरुसहित कमलबासीको सहभागितामा हुने सो कार्यक्रममा कार्यकर्ता र नेताहरुबीच कांग्रेसको वर्तमान अवस्था, भुमिका र जनप्रतिनिधिहरुको कार्य सम्पादनका बिषयमा अन्तरक्रियात्मक छलफल समेत हुने बताइएको छ ।
कार्यक्रममा कमल गाउँपालिकाका ७ वटै वडाबाट करिब २ हजार जनाको सहभागितालाई व्यवस्थापन गर्ने तयारी पूरा भएको संयोजक न्यौपानेले जनाउनु भयो । कांग्रेस कमल गाउँसमितिले गत बर्षपनि माघ २५ गते सोहि प्रकृतिको कार्यक्रम सोहि स्थानमा आयोजना गरेको थियो । कार्यकर्ताहरुबीच आपसी भेटघाट र छलफलका साथै संगठन सुदृढिकरणका लागि यस किसिमको कार्यक्रमलाई निरन्तरता दिइने कांग्रेस कमलले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहिबार  ३ : ३१ बजे