दमक ११ , कार्तिक / नेपाली कांग्रेस झापाका पूर्वसभापति पूर्णानन्द शर्मा दाहाललाई पत्नी शोक परेको छ ।कमल गाउँपालिका–५ मङ्गलबारेमा बस्नुहुने उहाँकी धर्मपत्नी ८५ वर्षीया रमादेवी दाहालको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । कन्काई नदीमा आज अन्त्येष्टि गरिएको जनाएको छ । मृतक लामो समयदेखि पेट तथा नसा रोगले पीडित हुनुहुन्थ्यो ।…