४ श्रावण २०८१, शुक्रबार | Sat Jul 20 2024

गौरादहका योजनाहरुमा बजेट माग गर्दै मन्त्रालयमा नगर प्रमुखसहितको टोली




दमक २, पुस /झापाको गौरादह नगरपालिका अन्तर्गत विभिन्न जनसरोकारका योजनाहरुलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न माग गर्दै नगरपालिकाले संघीय सरकारका मन्त्रालयहरुमा योजना पेश गरेको छ ।
वडा नं ६ मा नदी नियन्त्रण, वडा नं ९ मा प्रहरी चौकीको व्यवस्थापन , इलाका प्रहरी कार्यालय गौरादहका लागि उपलब्ध ७ कठठा जमिनमा सुविधायुक्त भवन निर्माण, ड्रेनसहितको सडक स्तरोन्नती, दामुना बजारमा कृषि थोक बजारको स्तरोन्नती गाैरादह नगरपालिका वार्ड नं. ४ र ५ मा रहेकाे भुमि सम्बन्धि रहेकाे समस्याकाे सम्बाेधनकाे माग आदीका लागि सम्बन्धित मन्त्रालय तथा विभागहरुमा पुगेर उच्च अधिकारीहरुको ध्यानाकर्षण गराइएको नगर प्रमुख रोहितकुमार साहले जानकारी दिए ।
शुक्रबार काठमाडौंमा रहेका नगर प्रमुख साहसहित वडाध्यक्ष सिताराम भट्टराई, क्षेत्र नं.५ प्रदेश ‘क’ का प्रत्यासी उम्मेदवार अनिल कृष्ण प्रसाई, गाैरादह नगरपालिका वार्ड नं. ४ कांग्रेस सभापति नेत्र ढुंगाना, महिला नेत्रीद्वय फुलवती राजवंशी, लक्ष्मी बाह्रकाेटी, केदार तामाङ्गलगायतको प्रतिनिधिमुलक टोलीले सम्बन्धित मन्त्री तथा मन्त्रालयका सचिवहरुसंग कार्यकक्षमा नै भेट गरेर लिखित रुपमा ति योजनाका लागि बजेट माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ३ : २० बजे