१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

केन्द्रीय सदस्यका उम्मेद्वार अनिल कृष्ण प्रसाईं ( काेे हुन् अनिलकृष्ण ?)



अनिलकृष्ण प्रसाइँ कांग्रेस राजनीतिमा स्थापित नाम हो । झापामा नेपाली कांग्रेसको तर्फबाट केन्द्रिय नेतृत्वमा दाबेदारी प्रस्तुत गरिसकेका सक्षम नेता मानिन्छन । १४ औं महाधिवेशनमा प्रसाइँले पार्टीको केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घाेषणा गरेका छन् ।
आसन्न १४ औं महाधिवेशनमा क्षेत्र नं. ५ बाट खुल्ला तर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधिमा सम्मानित मत ल्याएर निर्वाचित प्रसाईं केन्द्रीय सदस्यमा उम्मेदवारी दिएर कार्यकर्ताहरु माझ पुगिरहेका उनी २०७४ मा झापाको निर्वाचन क्षेत्र नं ५ ‘क’बाट प्रदेश सभा निर्वाचनमा नेकपा एमालेका युवा नेता हिक्मत कार्कीलाई कडा टक्कर दिएका नेता हुन्।
शालिन र भद्र स्वभावको विशेषता भएका प्रसाइँको राजनीतिक इतिहास २०३५ सालदेखि जोडिएर आउँछ ।
१५ बर्षको उमेरमा मोरङमा नेपाल बिद्यार्थी संघको सदस्य बनेका उनी २०३७ सालमा कृषि क्याम्पस पक्लिहवा रुपन्देहीको इकाई सभापति बनेका थिए । बिद्यार्थी उमेरमा नै सक्रिय राजनीतिमा होमिएका प्रसाइँ २०४२ सालमा पनि कृषि क्याम्पस रामपुरमा संघको इकाई सभापति बनेका थिए । उनी त्यही बेला कांग्रेसले शुरु गरेको सत्याग्रहको आन्दोलनमा जेल जिवन समेत बिताएका नेता हुन । २०४६ सालको जनआन्दोलनमा उनी नेविसंघको नारायणी अञ्चल संयोजकका रुपमा रहेर सशक्त भुमिका निर्वाह गरेका नेता हुन । बिद्यार्थी जिवनपछि २०५४ सालमा प्रसाइँ कांग्रेसको युवा संगठन नेपाल तरुण दलको केन्द्रिय सदस्य र २०५९ सालमा केन्द्रिय महासचिव भएका प्रसाइँ त्यही बेला कांग्रेस झापाको जिल्ला सदस्य पनि बनेका थिए । प्रसाइँ झापाको राजनीतिमा पनि नेतृत्वदायी भुमिकामा रहेर राजनीतिक व्यवस्था परिवर्तनका आन्दोलनहरुमा योगदान दिएका नेता हुन । उनले २०६२/०६३ को जनआन्दोलनमा पक्राउ परेर उनी ३ महिना १७ दिन सैनिक यातना पनि भोगेका छन । राजनीतिक आन्दोलनहरुमा पटक पटक पक्राउ परेका थिए । २०६३ मा पार्टीको केन्द्रिय समितिबाट जिल्ला प्रतिनिधिका रुपमा झापामा खटाइएका प्रसाइँले विभिन्न जिल्लाका कार्यक्रममा सहभागी भएर पार्टीलाई प्रतिवेदन बुझाएका थिए भने हाल सम्म केन्द्रिय प्रशिक्षकका रुपमा विभिन्न जिल्लामा प्रशिक्षण गराएका नेता हुन । भारत, पाकिस्तान, मलेसिया, सिंगापुर, बेलायत , जर्मन , नर्वे, डेनमार्क लगायतका मुलुकको भ्रमण गरि ति देशहरुको राजनीतिक, आर्थिक र सामाजिक अवस्थाका बारेमा ज्ञान लिएका उनी पुर्वाञ्चल कृषि क्याम्पसका कार्यकारिणी अध्यक्ष पनि हुन ।
। २०७४ मा भएको निर्वाचनपछि सो क्षेत्रमा उनको लोकप्रियता अझै बढेको पाइन्छ । निर्वाचन अन्तिम परिणाम आफनो पक्षमा नआएपनि एमालेको युवा संगठन केन्द्रिय अध्यक्ष समेत भइसकेका हिक्मत कार्कीलाई उनले कडा टक्कर दिन सफल मानिन्छन । उनी १० औं महाधिवेशनदेखि लगातार हाल सम्म पार्टीको केन्द्रिय महाधिवेशन प्रतिनिधि चुनिँदै महासमितिमा रहेर जिम्मेवारी निर्वाह गरिरहेका नेता हुन ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ११ : ३१ बजे