१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कांग्रेस अधिवेशन – प्रदेश निर्वाचनमा झापा ५ का ६ जना निर्वाचित (हेर्नुहोस मत संख्यासहित)



दमक/ नेपाली कांग्रेस प्रदेश एकको निर्वाचनमा झापा क्षेत्र नं ५ का ६ जना नेताहरु प्रदेश समिति सदस्यमा निर्वाचित हुन सफल भएका छन । ति मध्ये तीन जना गत स्थानीय चुनावका उपविजेता हुन । प्रदेश सदस्यमा निर्वाचित हुकुमसिंह राई, रेगिना भट्टराई र फुलवती राजवंशी क्रमश कमल, दमक र गौरीगञ्जका उपविजेता हुन । स्थानीय चुनावका विजेता गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साह भने प्रदेश एकको सहमहामन्त्री पदमा पराजित हुन पुगेका छन ।
मंगलबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार राई आदिवासी जनजाती समुह तर्फ सर्वाधिक कूल ८८५ मत प्राप्त गरेर प्रदेश सदस्यमा निर्वाचित भएका हुन । सोही समुह तर्फ भुमिराज राई ७०१ मत पाएर विजयी भएका छन । त्यसैगरी रेगिना भट्टराई महिला समुह तर्फ ७१८ र सोही समुहबाट चन्द्रा खडका ६९५ मत पाएर विजयी भएकी छिन । भने आदिवासी जनजाती महिला समुह तर्फ फुलवती राजवंशी ७५२ मत पाएर विजयी भएकी निर्वाचन समितिले जनाएको छ । प्रदेश समितिको खुल्ला सदस्यमा प्रकाश कार्की ७९८ मत पाएर विजयी भएका छन । आदिवासी जनजाती समुह तर्फ निर्वाचित राईले यो क्षेत्रबाट निर्वाचित सबै सदस्यहरु भन्दा धेरै मत पाएका हुुन । उनी महाधिवेशन प्रतिनिधिमा समेत झापा ५ बाट सबैभन्दा धेरै मत ल्याएर विजयी भएका थिए ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ११ : ५१ बजे