७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

कोरोनाबाट बच्न विशेषज्ञ चिकित्सकद्वारा पत्रकारलाई परामर्श

झापा २६, बैशाख/ कोरोनाबाट बच्न र बचाउन ‘पत्रकारहरुका लागि विशेषज्ञ चिकित्सकको परामर्श’ विषयक भर्चुअल अन्तर संवाद नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा आइतवार सम्पन्न भएको छ ।महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षता र महासंघ १ नं. प्रदेशका अध्यक्ष लीलावल्लव घिमिरेको प्रमुख आतिथ्य रहेको अन्तरसंवादमा विशेषज्ञ चिकित्सक गोविन्द कँडेलले परामर्शका साथै पत्रकारको जिज्ञासाको जवाफ दिएका थिए…