१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विपद्का समयमा आवश्यक पर्ने २ लाख भन्दा बढी उद्वारका सामाग्री गाैरीगंज गाउँपालिकालाई प्राप्त



गाैरीगंज १७, असार / विपद्काे समयमा आवश्यक उद्वारका सामाग्रीहरू गाैरीगंज गाउँपालिकालाई हस्तान्तरण गरिएकाे छ ।
लुथरन विश्व फेडेरेशन नेपालकाे आर्थिक सहयाेगमा न्याय तथा विकासका लागि सामाजिक सञ्जालले आज शुक्रबार २ लाख ३९ हजार २ सय ४८ रूपैयाँ १२ पैसा बराबरकाे उद्वारका सामाग्रीहरू गाउँपालिकाका अध्यक्ष फूलबती राजवंशीलाई हस्तान्तरण गरेकाे हाे ।
गाैरीगंज गाउँपालिकाका उपाध्यक्ष पुजन न्याउपाने उपस्थिति रहेकाे उत्त कार्यक्रममा सामाजिक सञ्जालले प्लास्टिकका डाेरी, म्याट, टर्च लाईट, झुल, ब्यागलगायतका उद्वारका सामाग्रीहरू हस्तान्तरण गरेकाे थियाे । त्यसैगरी जनप्रतिनिधिहरूका लागि संस्थाले स्थानिय सरकार सञ्चालन ऐन २०७४ भन्ने पुस्तक ३९ वटा र नेपालकाे संविधान २०७४ भन्ने पुस्तक ३९ वटा हस्तान्तरण गरेकाे थियाे ।
कार्यक्रममा संस्थाका अध्यक्ष साेमनाथ भट्टराई,प्रमुख प्रशासकिय अधिकृत कृष्ण कार्की, वार्ड नं. ३ का अध्यक्ष श्रवण गिरी, कार्यपालिका सदस्य अघ्नुप्रसाद राजवंशी र सन्तलाल ताजपुरिया,फेडेरेसनका कुमार चुडाल, रेडक्रस साेसाईटी गाैरीगंजका अध्यक्ष यादव रिजाल, उद्योग वाणिज्य संघ गाैरीगंजका अध्यक्ष मखना महताे, पत्रकार आत्माराम राजवंशीलगायतकाे उपस्थिति थियाे ।
उत्त उद्वारका सामाग्रीहरू विपत्तकाे वेलामा शस्त्र प्रहरीलाई उद्वारका समयमा आवश्क पर्ने सामाग्रीहरू हुन् । सञ्जालले यसअघि स्थानिय विपद् तथा जलवायु उत्थानशिल याेजना निर्माणका लागि यहाँ गाउँपालिका र वडा स्तरिय प्रकाेपकाे स्तरीकरण र याेजनाका विषयमा छलफल गराएकाे थियाे ।
गाैरीगंज गाउँपालिका वार्ड नं. १ देखि ६ सम्मका जनप्रतिनिधि, पार्टी प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार, सराेकारावालावीच छलफल भएकाे थियाे ।
प्रकाेप स्तरीकरण गर्दा बाढी, हावाहुरी, पशु साढे , कुकुर, बाली राेग, शीतलहर, महामारी,सडक दुर्घटना, अागलागी, सर्पदंश, चट्याङ, असिनापानी रहेकाे छ ।
वाढीकाे उच्च जाेखिम क्षेत्र पहिचान, विपत पुर्वकाे तयारी र प्रतिकार्य याेजनासहितकाे अभिमुखिकरण तथा छलफल र जाेखिम न्युनिकरणका लागि वजेट लागत र वजेटकाे सुनिश्चितता विषयमा छलफल भएकाे थियाे ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ६ : ०४ बजे