१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राजवंशी समाज विकास समिति गाैरादहकाे नगर अधिवेशनबाट रघुनाथ राजवंशी अध्यक्षमा चयन



गाैरादह १२, असार / राजवंशी समाज विकास समिति गाैरादह नगर अधिवेसबाट पुन: रघुनाथ राजवंशी अध्यक्ष पदमा चुनिएका छन् ।
शनिवार गाैरादह – ७ काे सभाहलमा सम्पन् पहिलाे नगर अधिवेशनबाट अध्यक्ष पदमा रघुनाथ राजवंशी सहित १५ सदस्यीय नगर समिति सर्वसम्मत चुनिएका हुन् । राजवंशी समाज विकास समितिका केन्द्रीय उपाध्यक्ष हेमनसरी राजवंशीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा २ जना जेष्ठ नागरिकसहित नवनिर्वाचित जनप्रतिनिधिहरूलाई खादा ओढाएर सम्मान गरिएकाे थियाे ।
गाैरादह – ८ बस्ने ८५ बर्षिय भद्र प्रसाद राजवंशी र गाैरादह -७ बस्ने जाेगवती राजवंशीलाई सम्मानित गरिएकाे थियाे ।
अधिवेशनबाट नगरसमितिकाे उपाध्यक्षमा गणेश राजवंशी, अमला राजवंशी, सचिवमा शिवराम राजवंशी, सहसचिवमा रामराज राजवंशी, काेषाध्यक्षमा चुन्नु राजवंशी चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा चन्द्र प्रसाद, पदम , मनाेज, मुनावती, र मुनालाल राजवंशी रहेका छन् ।
समितिकाे सल्लाहकारमा तीर्थ राजवंशी, धुनीलाल राजवंशी, गंगाराम राजवंशी, तुलसी राजवंशी, कृत्यान्द राजवंशी रहेका छन् ।
उत्त कार्यक्रममा केन्द्रीय उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि हेमनसरी राजबंशी विशिष्ट अतिथि गौरादह नगरका उपमेयर जलवर्षा राजबंशी , रासविस केन्द्रिय सदस्य श्री सम्पत राजबंशी , केन्द्रिय सल्लाहकार तिर्थ राजबन्शी ,जिल्ला अध्यक्ष श्री दिनेश्वर राजवंशी , जिल्ला उपाध्यक्ष नौताली राजबंशी ,जिल्ला सचिव मुनिलाल राजबंशी , गौरादह – ७ का वडा अध्यक्ष बलराम खरेल र गाैरादह – ८ का वडा अध्यक्ष गणेश कुमार राजबंशीलगायत निर्वाचित सदस्यहरू, नारायण राजवंशीलगायतकाे सहभागिता थियाे ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ७ : २८ बजे