काठमाडौं १०, कात्तिक / सरकारले सबै जिल्ला समन्वय समितिलाई स्थानीय तहमा कार्यरत कर्मचारीको सम्पूर्ण तथ्यांक तीन दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । जिल्ला समन्वय समितिअन्तर्गत रहेका कर्मचारीबारे विवरण संकलन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिसस कार्यालयका नाममा पत्र काट्दै तीन दिनभित्र विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । मन्त्रालयले जिसस (साविकका…