७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

महताे समाज गाैरीगंजकाे शुभकामना तथा रत्तदान कार्यक्रम भव्यरूपमा सम्पन्न


१९ कार्तिक २०७५, सोमबार  

0
Shares

20181105_130632
गौरिगञ्ज १९, कार्तिक / गौरिगञ्जमा केन्द्रीय कार्यलय रहेको नेपाल महतो समाज कल्याण परिषदले रक्तदान सहित शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
शुभ–दिपावली तथा छठ पर्वको अवसरमा प्रत्यक बर्ष आयोजना गर्दैआएको सांस्कृतिक कार्यक्रम यस बर्ष पनि निरन्तरता दिएको महतो समाज कल्याण परिषदका केन्द्रीय अध्यक्ष मखना महतो गैदारले जानकारी गराए । महतो समाज कल्याण परिषदले संचालन गरेको रत्तदान कार्यक्रममा गौरिगञ्ज गाउँपालिका भित्रका तीन महिला सहित ३१ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोगमा सम्पन्न रक्तदानमा संकलित रगतलाई उपशाखा दमकको ब्लड बंैकमा संचित गरिएको छ । महतो समाज कल्याण परिषदले आयोजना गरेको बृहत सांस्कृतिक कार्यक्रममा गौरिगञ्ज गाउँपालिका भित्रका सामुदायिक र संस्थागत सहित १० विद्यालय सहभागी भएका थिए । प्रतियोगितामा एकल र सामुहिक नृत्य प्रतियोगिता भएको थियो । एकल तर्फ गौरिगञ्ज मावि प्रथम, मुनलाइट एकेडेमी दोस्रो र ज्ञानकुञ्ज एकेडेमी तेस्रो भएका थिए। त्यसैगरी सामुहिक तर्फ देवकोटा मावि प्रथा, ज्ञानोदय मावि दोस्रो, मुनलाइट एकेडेमी तेस्रो र युनिभर्शल एकेडेमी सान्त्वना भएका थिए । एकल तर्फ प्रथम, द्वितीय, तृतीयलाई क्रमशः नगद ३ हजार, २ हजार, १ हजार र सामुहिक ततीन५ हजार, ३ हजार, २ हजार पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
सोही अवसरमा महतो समाज कल्याण परिषदले जेष्ठ नागरिक हरिलाल महतो र महिला तर्फ पर्मेश्वरी महतोलाई दोसल्ला ओडाएर सम्मान गरेको थियो । त्यसैगरी संचारकर्मी आत्माराम राजवंशी र मदन राजवंशीलाई पनि सम्मान गरिएको थियो । महतो समाज कल्याण परिषदका केन्द्रीय अध्यक्ष गैदारको सभापतित्वमा सम्पन्न कार्यक्रममा गौरिगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ प्रमुख अतिथि र उपाध्यक्ष दिपेन्द्र थापा विशेष अतिथि रहेका थिए । त्यस अवसरमा इलाका प्रशासन कार्यलय गौरिगञ्जका प्रमुख चुडामणी भट्टराई, नेविसंघ केन्द्रीय सदस्य निरज अग्रवाल पत्रकार आत्माराम राजवंशी
गाैरीगंज गाउँपालिका वार्ड नं १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशी, वार्ड नं २ का वडा अध्यक्ष अग्नु राजवंशी लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको संचालन सचिव कृष्ण महतोले गरेका थिए ।

20181105_143448
20181105_161858

प्रकाशित मिति : १९ कार्तिक २०७५, सोमबार  ११ : ४८ बजे