आत्माराम राजवंशी / मोरङ जिल्लाको ग्रामथान गाउँपालिका वार्ड नं. १ खुनिया काटा लखनतरीमा रहेको रिसिदेव समुदायको बस्ती आज पनि राज्यको नजरबाट धेरै हदसम्म ओझेलमै छ। करिब ३०० घर परिवार रहेको यस बस्तीमा ६ घर परिवार बाहेक बाँकी सबै ऐलानी जग्गामा पुस्तौँदेखि बसोबास गर्दै आएका छन्। आफ्नै नाममा जमिन नहुँदा उनीहरूको जीवन अनिश्चितता र असुरक्षाबीच गुज्रिरहेको…