जनक राई , महामारीविरुद्ध आदिवासी अनुभव सुनसरी, मोरङ र झापाका आदिवासी धिमाल समुदाय हरेक वर्ष वैशाख २ गते राजा–रानी गाउँको जंगलभित्र ‘ग्राम थान’ (मन्दिर)मा गई पूजाको विधिवत् सुरुवात गर्छन् । पूजा गर्ने वेला धिमाल गाउँका सबै प्रतिनिधि उपस्थित हुन्छन् । त्यो ठूलो र महत्वपूर्ण पूजालाई उनीहरू ‘सिरिजात पूजा’ भन्छन् । त्यसपछि प्रत्येक धिमाल गाउँले आ–आफ्नो ग्रामथानमा असार १…