१ असार २०८३, सोमबार | Mon Jun 15 2026

पूर्वमेयर शिवाकोटीलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

झापा,मंसिर २८ । घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई पटक पटक जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई थप पाँच दिन हिरासतमा राख्न झापा जिल्ला अदालतले अनुमति दिएको छ । चार दिनको म्याद सकिएर आज थप म्यादका लागि शिवाकोटीलाई जिल्ला अदालत लगिएको थियो । प्रहरीको अनुसन्धान नसकिएकाले अदालतले…