काठमाडौं १८, जेठ / सरकारले २२ मुलुकमा राजदूत सिफारिस गरेको डेढ महिना भइसक्दा पनि नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन । राजदूत नियुक्ति हुन नसक्दा दूतावासमा कामकारबाही प्रभावित भइरहेको छ भने यसको असर परराष्ट्र मन्त्रालयमा पनि परेको छ । मन्त्रालयबाट सिफारिसमा परेकाहरू आफूले सम्हाल्दै आएका महाशाखाको जिम्मेवारी अरूलाई दिने या नदिने भन्नेमा अन्योल छन् । दूतावासहरू…