भद्रपुर ३१, वैशाख / दोस्रो लहरको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञासहित नेपाल–भारतको खुला नाका सिल गरिएको छ । खुला नाका सिल भए पनि सीमामा अवैध कारोबार भने अझै रोकिएको छैन । यसैक्रममा सशस्त्र प्रहरीले भन्सार छलेर अवैध रुपमा नेपाल भित्राएको प्रतिबन्धित माछाको भुरा, चिनी र खैनी (सुर्ती)सहित दुई वटा छोटा हात्ती गाडी नियन्त्रणमा…