४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

८ हजार ६१७ मा कोरोना परीक्षण गर्दा २६५ लाई संक्रमण



नेपालमा थप २६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २६५ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ८ हजार ६१७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

७ हजार ११४ जनाको पिसिआर परीक्षण र १५०३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

नेपालमा हाल ६ हजार ३८६ जना सक्रिय संक्रमित छन्।

३५७ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.८ प्रतिशत छ।

यसको संक्रमणबाट २ को मृत्यु भएको छ।  

काठमाडौं उपत्यकामा ११२ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७९, ललितपुरमा २३ र भक्तपुरमा १० संक्रमित छन्।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ४ : ३२ बजे