बिर्तामोड २२, माघ / झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आफ्नो कार्यकक्षभित्र टेलिभिजन पत्रकारलाई भिडियो खिच्न रोक लगाएका छन् । सोमबार नेपाली कांग्रेसले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदा समाचारका लागि भिडियो खिच्न गएका टेलिभिजनकर्मीलाई ज्ञापनपत्र बुझाएको भिडियो खिच्न रोकेका हुन् । ‘त्यो क्यामरा बन्द गर, भनेर तीन पटकसम्म प्रमुख जिल्ला अधिकारी दाहालले क्यामरा बन्द गर्न…