१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बलबहादुर राजवंसीले द भ्वाइस अफ नेपाल सिजन टु को ब्लाइन्ड अडिसन पार गरे,


२९ भाद्र २०७६, आइतबार  

0
Shares

balbahadur
गौरीगंज २९, भदौ / झापाको गौरादह निवासी बलबहादुर राजवंसीले द भ्वाइस अफ नेपाल सिजन टु को ब्लाइन्ड अडिसन पार गरेका छन । द हिमालय टेलिभिजनमा प्रसारण भैरहेको द भ्वइस अफ नेपाल अन्तराष्ट्रिय सांगीतिक मापदण्डमा आधारीत प्रतियोगितात्मक सांगीतिक सो को रुपमा प्रसारण भैरहेको छ । प्रत्येक हप्ताको स’क्रबार र सनिबार सांझ ८ बजेदेखी प्रसारण भैरहेको यस कार्यक्रममा झापाको गौरादह नगरपालीका ८ ज’रोपानिका बलबहाद’र राजवंशीले पनि भाग लीएका थिए । हिजो सम्पन्न भएको भ्वाइस अफ नेपाल सिजन दु’इको १० आँै एपिसोडमा राजवंशीले आफ्नो दमदार प्रस्त’ती दिएका थिए । उनको उत्कृष्ट प्रस्त’तिका कारण चारैजना जर्जहरुले बर्ज गरेका थिए । यो संगै उनि ब्लाइण्ड अडिसन पारगर्दै दोस्रो राउण्डमा प्रवेश गरेका छन , जसलाइ ब्याटल राउण्ड भनिन्छ । .कार्यत्रमको मध्यतिर प्रस्तुतिका लागी स्टेज उकिलएका राजवंशीले दिप श्रेष्ठको हौ यात्री बोलको गीत गाएका थिए । सामान्यतया प्रतियोगीले स्टजमा जर्जकै गीत गांउन’लाइ निकै चुनौतिपुर्ण मानिन्छ । तर उनले यति सहजताका साथ गाइदिए की गीतको पहिलो लायन सकिन नपाएदै दिप श्रेष्ठले आफ्नो कुर्सी घुमाइहाले । त्यसपछी प्रमोद खरेलले आफ्नो कुर्सी घुमाए भने क्रमस राजु लामा र आस्था राउतले आ आफ्नो कुर्सी घुमाएका थिए । सबै जर्जहरुले आफ्नो टिममा आउन आग्रह गरेपनि बलबहादुरले कोच प्रमोदलाइ रोजेका छन । बलबहादुरले आगामी राउण्डका लागी कोच प्रमोदको टिमबाट तयारी गर्ने छन ।
वलबहादुरले ब्लाइण्ड अडिसन पारगरेर व्यटल राउण्डमा प्रवेश गरेसंगै गाँउघरमा भने खुसीयाली छाएको छ । बिषेष गरी गौरादह, गौरीगंज , दमक लगायका क्षेत्रबाट वैदेशीक रोजगारीमा गएका समकालीन साथीहरुको सामाजिक संजालमार्फत बधाइ तथा सुभकामनाको ओइरो नै लागेको छ । संगसंगै आफना नातेदार , साथीभाइ , अग्रजहरुले सामाजिक संजाल मार्फत बधाइ तथा सुभकामना ब्यक्त गरेका छन ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  १२ : १२ बजे