६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

सांसद सुब्बाद्वारा नगद हस्तान्तरण


२१ बैशाख २०७७, आइतबार  

0
Shares

20200503_115513

गाैरीगंज २१, बैशाख / काेराेना भाइरस संक्रमणका कारण लकडाउनमा परी अप्ठ्यारोमा परेका आर्थिक अवस्था न्यून भएका परिवारका लागि प्रतिनिधि सभा सदस्य महेन्द्रा कुमारी सुब्बाले आज नगद राहत हस्तान्तरण गरेकी छन् ।

सभासद सुब्बाले गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दिपिन्द्र थापालाई संयुक्त रूपमा २५ हजार रूपैयाँ र गाैरादह नगरपालिकाका नगर प्रमुख राेहित कुमार साहलाई २५ हजार रूपैयाँ नगद हस्तान्तरण गरेकी हुन् ।
नेपाली कांग्रेस क्षेत्रिय सभापति ढुण्डीराज भण्डारी, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि जीवन राई, गाैरीगंज सभापति राजेन्द्र कार्की, वडा नं. ३ का अध्यक्ष मखना महताे, वडा सभापति जगर्नाथ आचार्य, नेपाल शिक्षक संघ गाैरीगंज अध्यक्ष गाेपालप्रसाद ताजपुरियालगायतकाे उपस्थितिमा उत्त राहत रकम हस्तान्तरण गरिएकाे हाे ।

गाउँपालिकाभित्र रहेका गरिब तथा बिपन्न परिवारलाई समान रुपमा राहत बितरण गर्न नगर र गाउँपालिकाले एकद्वार प्रणाली नीति अपनाएकाे हुँदा सभासद सुब्बाले व्यक्तिगतरूपमा राहत हस्तान्तरण गरेकाे बताईन् ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ६ : २४ बजे