४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कोरोना भाइरस संक्रमित बिरामीलाई लक्षित आकर्षक विमा याेजना


१३ बैशाख २०७७, शनिबार  

0
Shares

20200425_185353

गाैरादह / कोरोनाको त्रास विश्वव्यापी रूपमा फैलिएको छ । अमेरिका लगायतका शक्तिशाली राष्ट्रहरुमा कोरोना महामारीले तहल्का मच्चाइ रहेको बेला मानवीय सहयोगको लागि समेत विश्व समुदाय जुटिरहेको छ । नेपाल पनि कोरोनाको त्रास बाट उम्किन सकेको छैन । लामो समय देखि लकडाउनमा वस्न बाध्यता संगै सहयोगी हातहरु पनि मानवीय सहयोगमा समर्पित हुँदै छन् । यस्तै सहयोगी भावना बिच शिखर लाइफ इन्स्योरेन्स कम्पनीले एउटा अलग्गै प्रकारको बिमा पोलिसी घोषणा गरेको छ ।

उक्त पोलिसी अन्तर्गत कोरोना भाइरस संक्रमित बिरामीहरुलाई लक्षित गरेर कम्पनीले सरल प्रकारको बिमा योजना ल्याएको हो । यस प्रकारको बिमा योजनामा कोरोना भाईरस बीमालेख अन्तरगत दुई किसिमका बीमालेख छन् । एउटामा बिमितले दाबी भुक्तानी स्वरुप १ लाख र अर्कोमा ५० हजार रुपैयाँ पाउँने व्यवस्था छ ।
भने यो बीमा गर्दा ५ सय र १ हजार रुपैयाँको बीमा शुल्क लाग्ने जनाइएको छ । ५० हजार रुपैया बीमालेखको लागि एकाघर परिवारका सवै सदस्यको बीमा गराउन पाइने सुविधा प्रदान गरिएको छ । व्यक्तिगत रूपमा बिमा गर्दा ५ सय रुपैयाँ तिरेर बीमा गराउन सकिने र यसको अवधी एक वर्षको हुने तथा परिवारका सदस्यको नै बीमा गर्ने हो भने प्रतिव्यक्ति ३ सय रुपैयाँका दरले बीमा गराउन सकिने बताइएको छ ।
अब १ लाख रुपैयाँको बिमा कार्यक्रम मात्र १ हजार रुपैयाँमा गर्न सकिने तथा परिवारका सवै सदस्यको बीमा गर्ने हो भने प्रतिव्यक्ति ६ सय रुपैयाँका दरले बीमा गराउन पाउने भएको छ ।

यस प्रकारको बिमा पोलिसीमा कोरोना भाइरस बीमा गराएपछि बीमा गराएको १५ दिनसम्म कोरोना संक्रमण भएको पीसीआर रिपोर्टमा देखियो भने बीमा दाबी रकम नपाउने तर, बीमा गराएको १६ दिनदेखि १ वर्षभित्रमा पीसीआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएमा बिमित रकम दावी गर्न सकिने व्यवस्था गरिएको र यदि कोरोना संक्रमितको मृत्यू भएमा पनिआश्रित परिवारले दाबी भुक्तानी पाउँने उक्त कम्पनीले दमक शाखा प्रमुख भुपेन्द्र ढुंगानाले बताए ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  १ : १० बजे