६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

लकडाउन वैशाख १५ गतेसम्म बढाउने मन्त्रिपरिषदको निर्णय


२ बैशाख २०७७, मंगलबार  

0
Shares

20200414_172616

काठमाडौं २, वैशाख / सरकारले कोरोना भाइरस रोकथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि भन्‍दै सरकारले चैत ११ देखि लकडाउन गरेकाे हाे । सुरुमा एक हप्ताका लागि गरिएको लकडाउन बढाउँदै वैशाख ३ गतेसम्म कायम राखिएको थियो ।

लकडाउन सकिनु एक दिनअघि बसेको मन्त्रिपरिषद बैठकले थप १२ दिन लकडाउन गर्ने निर्णय गरेको हो ।

लकडाउनको समयमा खाद्यवस्तु किन्न र आकस्मिक कामले अस्पताल जान दिने तर अन्य कामका लागि बाहिर निस्कन प्रहरीले रोक्ने गरेको छ ।

नेपालमा हालसम्म १६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्लो समय मंगलबार काठमाडौं पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ११ : ४३ बजे