९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

‘नगरका काेही पनि विपन्नलाई भाेकाे बस्न दिन्नाैंं’- प्रमुख प्रशासकिय अधिकृत ओझा


२७ चैत्र २०७६, बिहिबार  

0
Shares

20200409_171448
गौरादह  २७, चैत / गौरादह नगरपालिकाले विपन्न परिवारलाई दाेस्राे चरणमा खाद्यान्न राहत दिने निर्णय गरेकाे छ ।
नगरपालिकाकाे ९ वटै वडाहरूमा पहिलाे चरणकाे राहत वितरण कार्य सम्पन्न भईसकेकाेले दाेस्राे चरणका लागि तयारी भईरहेकाे छ । दाेस्राे चरणमा १ लाख २० हजार केजी चामल, १० हजार केजी दाल, ४ हजार लि. तेल, ४ हजार केजी नुन खरिद गरि विपन्न परिवारलाई राहत दिने निर्णय भएकाे नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेम ओझाले जानकारी गराएका छन् । उनका अनुसार प्रत्येक परिवारलाई १० केजी चामल, १ केजी दाल, १ केजी नुन, १ लि तेल राहत दिनेछ ।
पहिलाे चरणमा ३२ सय २९ परिवारलाई साेही प्रत्येक विपन्न परिवारलाई खाद्यान्न राहत वितरण गरिसकिएकाेले नगरपालिकाले दाेस्राे चरणकाे राहत वितरणकाे तयारी गरिरहेकाे उनकाे भनाई छ ।

गाैरादह नगरपालिकामा पहिलो चरणमा १० बेडको क्वारेन्टाइन स्थापना भएपनि त्यसलाई बढाएर २० वेडकाे बनाउने तयारी भईरहेकाे छ । स्वास्थ्यकर्मीका लागि २५ थान पीपीई, ग्लाेव्स, एन नाईटी पाईभ मास्क, सेनिटाईजर, ७ वटा थर्मल गन र पीपीईसहितकाे २ वटा एम्बुलेन्सकाे व्यवस्था गरेकाे हुदाँ नगरपालिका पुरै तयारी अवस्थामा रहेकाे प्रमुख प्रशासकिय अधिकृत ओझाले जानकारी गराएका छन्।
क्वारेन्टाइनमा हाल १ जना मात्र बसिरहेका छन् । कोरोना भाइरस विरुद्ध गौरादह नगरपालिका ‘हाइअलर्ट’ मा बसेको प्रमुख प्रशासकीय अधिकृत खेम ओझाले जानकारी दिए ।
अधिकृत ओझाका अनुसार नगरपालिकाकाे विपत्त व्यवस्थापन काेषमा ४० लाख रूपैयाँ र जनप्रतिनिधिहरूकाे सेवा सुविधा बापत पाउने करिब ६ लाख रूपैयाँ गरि जम्मा ४६ लाख रूपैयाँ रहेकाे छ ।
पहिलाे चरणमा चाहिने स्वास्थ्य सामग्रीहरू खरिद गरिसकिएकाे हुदाँ र दिनरात नभनि खटिरहेका लगभग ५० जना स्वास्थ्यकर्मीहरूलाई नगरपालिकाले प्राेत्साहन स्वरूप लकडाउन भरी खाईपाई आएकाे तलवमा थप ५० प्रतिशत वृद्धि गरिएकाे उनले बताए ।
राहतको लागि अहिलेसम्म करिव २० लाखभन्दा बढि खर्च भइसकेको छ भने दोस्रो चरणका लागि आवश्यक तयारी गरिदैंछ , ओझाले भने – नगरपालिकाकै बजेटबाट पहिलो चरणको काम सकेका छौं, स्वास्थ्य सामग्री पनि आफ्नै कोषबाट खरिद गरियों । खरिद समिति बनाएर नगरपालिकाले खरिदको काम गर्दै आएको छ ।’
गौरादह नगरपालिका क्षेत्रका कुनै पनि विपन्नले लकडाउन भरी भोकै बस्नु नपर्ने गरि नगरले कार्य गरिरहेकाे प्रमुख प्रशासकीय अधिकृत ओझाले बताए
४६ लाखबाट स्वास्थ्य सामग्री र पहिलो चरणको राहत खरिद भएको नगरपालिकाले जनाएको छ । अब बाँकी रहेको बजेटमा सरकारबाट प्राप्त हुने बजेट, स्थानीयस्तरबाट विभिन्न संघ संस्थाबाट संकलन भएको राहत रकमलाई एकमुष्ट बनाएर दोस्रो चरणको काम सम्पन्न गरिने बताइएको छ ।
नगरका स्वास्थ्य शाखा प्रमुख पर्शुराम भट्टराईलेका अनुसार स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षा सामग्री खरिद भइसकेको छ । नेपालमा कोरोनाको त्रास बढ्नासाथ नगरपालिकाले पीपीई, मास्क,सेनिटाइजर, ग्लोब्स्, थर्मल गन खरिद गरेको स्वास्थ्य प्रमुख भट्टराईले बताए ।
नगरमा कार्यरत स्वास्थ्यकर्मीका लागि नगरले खाइपाई आएको तलवमा ५० प्रतिशत थप गर्नुका साथ‌ स्वास्थ्यकर्मीका लागि सरकारले २५ लाखकाे विमा गर्ने घाेषणाले हामी स्वास्थ्यकर्मीलाई थप हाैसला प्रदान भएकाे उनले बताए ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  ११ : ३५ बजे