४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरीगंज ३ मा शारीरिक दुरी कायम राख्दै ३ सय ६४ जना परिवारलाई राहत वितरण


२४ चैत्र २०७६, सोमबार  

0
Shares

20200406_191609
गाैरीगंज २४, चैत / गाैरीगंज गाउँपालिका वार्ड नं. ३ ले आज साेमवार वार्ड नं. ३ कै कृपालटाेलीकाे पलटिङ्गमा दिउसाे १ बजे ७५ जना र वार्ड नं. ३ कै महताे समाजकाे नव निर्मित भवनमा ४ बजे ७७ जनालाई राहत वितरण गरेकाे छ ।
विपन्न परिवारहरूलाई खाद्यान्न राहत वितरण गर्दा शारीरिक दुरी कायम राख्दै स्वयं वडा अध्यक्ष मखना महताे र अन्य वडा सदस्यहरू हेमा आचार्य, भवेश दास खटिएका थिए । उत्त कार्यक्रममा सहारा नेपाल साकाेस गाैरीगंज सेवा केन्द्रका प्रमुख धर्मराज अधिकारी, वरिष्ट सहायक सुवास झा र फिल्ड म्यानेजर केशब निराैलाले संयुक्त रूपमा वडा अध्यक्ष मखना महताे र पत्रकार आत्माराम राजवंशीलाई पीपीई हस्तान्तरण गरेका थिए ।

20200406_191903
वितरण कार्यक्रमलाई अझ व्यवस्थित गर्न सहारा नेपाल साकाेस गाैरीगंज सेवा केन्द्रका प्रमुख धर्मराज अधिकारी, वरिष्ट सहायक सुवास झा, फिल्ड म्यानेजर केशब निराैला, वडा सचिव अजय साह, कार्यालयका कर्मचारीलगायत प्रहरी खटिएका थिए ।
20200406_191558
कार्यालयले हालसम्म ३ सय ६४ जना विपन्न परिवारलाई राहत वितरण गरिसकिएकाे वडा अध्यक्ष मखना महताेले जानकारी गराएका छन् ।
कार्यालयले अाईतवार वार्ड नं. ३ का ९९ जनालाई ज्ञ्यानाेदय अावासिय माविकाे प्राङ्गणमा १ वजे र गाैरी टाेल सुकुम्बासी वस्तीका ४५ जनालाई ४ बजे राहत सामग्री वितरण गरेकाे थियाे ।
वार्ड नं. ३ का अध्यक्ष महताेका अनुसार यस अघि वार्ड नं. ३ काे पासवान वस्तीमा २८ परिवार र गाउँपालिकाकाे कार्यालयमा नै बाेलाई ४० परिवारलाई खाद्यान्न वितरण गरिसकेकाे छ । सरकारले लकडाउन लगाएपछि त्यसबाट प्रभावित जनमजदुर गरेर परिवारकाे छाक टार्ने परिवारलाई राहत सामग्री वितरण गर्नु भने अनुसार स्थानियतहहरूले राहत सामग्री वितरण गर्दैछ ।
वार्ड नं. ३ काे सर्वदलिय समितिले ५ सय ९६ जना विपन्न परिवारकाे लगत संकलन गरि नामावली दिएकाे छ ।

20200406_192022

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  १ : ३७ बजे