५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कर्णाली बचत तथा ऋण सहकारी सेवा केन्द्र गाैरादहले १२४ परिवारलाई राहत सामग्री हस्तान्तरण


२० चैत्र २०७६, बिहिबार  

0
Shares

20200402_131256

गाैरीगंज २०, चैत / केन्द्रीय कार्यालय विर्तामोड रहेकाे कर्णाली बचत तथा ऋण सहकारी सेवा केन्द्र गाैरादहले ज्यालादारीमा काम गरेर गुजारा चलाउने परिवारका लागि राहत
आज विहिवार सामग्री हस्तान्तरण गरेकाे छ ।
गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दिपिन्द्र थापालाई संस्थाका सेवाकेन्द्र ब्यबस्थापन उप-समिति संयाेजक इश्वोर खत्रीले राहत सामग्री हस्तान्तरण गरेका थिए ।
गौरादह नगरपालिका अन्तर्गत गौरादह बजार र जुरोपानीमा सेवा केन्द्र रहेको सस्थाले गौरीगंज गाउँपालिकाका ६२ परिवारलाई राहत सामग्री हस्तान्तरण गरेकाे हाे ।
त्यसैगरी संस्थाले गौरादह नगरपालिकाका ६२ परिवारलाई पनि राहत सामग्री हस्तान्तरण गरेकाे थियाे ।

प्रति परिवार १० केजि चामल , १ केजि दाल ,१ लिटर खाने तेल र १ केजी नुन हस्तान्तरण गरिएकाे
संस्थाका सेवाकेन्द्र ब्यबस्थापन उप-समिती संयाेजक इश्वोर खत्रीले जानकारी गराएका छन् ।

कोरोना भाइरस संक्रमणलाई राेकथामका लागि सरकारले लगाएकाे लकडाउनकाे चपेटामा परेका गरिब तथा अतिबिपन्न परिबारको जीवन गुजारामा केही सहयोग पुगाेस भनेर संस्थाको बिनियम बमोजिम संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व( CSR) लाई समेत मध्यनजर गर्दै सस्थाले झापा जिल्लाका १५ वटै स्थानिय निकायहरुमा सस्थाले राहत सामाग्री बितरण गर्ने संस्थाकी ब्यबस्थापन समिति सदस्य तथा सामाजिक बौद्धिक ब्यक्तित्व हेमलता भट्टराई ( कार्की ) ले जानकारी गराइन् । संस्थाले गौरादह र गौरिगन्जमा गरि करिब १ लाख ४ हजार ४० मूल्य बराबरको राहत सामाग्री बितरण गरेकाे हाे । संस्थाले राहत सामग्री बितरणमा एकद्वार नीति अबलम्बन गर्न गौरादह अन्तर्गतको राहत समाग्री नगरपालिकाका जनप्रतिनिधीलाई हस्तान्तरण गरिसकिएको छ । राहत हस्तान्तरण कार्यक्रममा संस्थाको तर्फबाट ज्ञानेन्द्र खत्री शंकर भन्डारीर निर्मला लुइटेल, कल्पना थापा, कर्मचारी तुलसीराम पाैडेलसमेतले सहजिकरण गर्नु भएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  ७ : ३२ बजे