८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

गौरीगंजमा लकडाउन उल्लंघन गर्ने १४ जनाको मोटरसाइकलको चाबी खोसियो


१४ चैत्र २०७६, शुक्रबार  

0
Shares

chabi

गौरीगंज १४, चैत / गौरीगंजमा लकडाउन उल्लंघन गर्ने १४ जनालाई नियन्त्रणमा लिई उनीहरुको मोटरसाइकलको चाबी खोसिएको छ ।
आज विहानदेखि गौरीगंज क्षेत्रमा प्रहरीले कडा सुरक्षा दिएसंगै लकडाउन उल्लंघन गर्ने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई मोटरसाइकलको दाबी खोसेको हो ।
उनीहरुलाई सम्झाई बुझाई चाबी नदिई घर पठाएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश भट्टराईले जानकारी गराएका छन् । गौरीगंज गाउँपालिका क्षेत्र आसपास रहेको मोटरसाइकल चालकहरुले भने प्रहरीले चाबी खोसेपछि मोटरसाइकल गुडाएर लगेका थिए । सरकारले चैत ११ गतेदेखि लागु गरेको लकडाउनलाई सबैले पालना गर्न प्रहरी निरीक्षक भट्टराईले आग्रह गरेका छन् । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन सरकारले चैत २१ गतेसम्म लकडाउन लगाएको हो ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  १० : २६ बजे