८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

भारत र चीनसंगका सीमा नाका भाेली १० बजेदेखि बन्द गर्ने सरकारकाे निर्णय


९ चैत्र २०७६, आइतबार  

0
Shares

20200322_203945
काठमाडौं ९, चैत / सरकारले सोमबार बिहान १० बजेदेखि एक हप्तासम्म भारत र चीनसँगको सीमा नाकामा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमण हुन नदिनका लागि दुई देशबीचका नाका बन्द गरिने भएको हो।

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देश चीन र भारतको सीमा नाकाबाट मानिसको आवत जावत बन्द गर्ने निर्णय गरेको हो । त्यसैगरी काेराेना विरूद्व लडनका लागि ५० कराेडकमे काेष स्थापना गरेकाे निर्णय गरेकाे छ । साथै आज आईतबार १२ बजे राति देखि लामाे दुरीका बस सेवा बन्द गरिनेसमेत निर्णय गरेकाे छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  २ : ५८ बजे