३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

डाेरामारी रामचन्द्रे सिंचाई आयाेजनाकाे मन्त्री कार्कीद्वारा शिलान्यास


२६ पुस २०७६, शनिबार  

0
Shares

20200111_200137

गाैरादह २६, पुस / गाैरादह नगरपालिका वार्ड नं. ४ स्थित डाेरामारी रामचन्द्रे सिंचाई आयाेजनाकाे आज शिलान्यास गरिएकाे छ ।
प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् । शिलान्यास गर्दै मन्त्री कार्कीले करिब ४ सय विघा क्षेत्रफलमा सिंचाइ गर्न सकिने आयाेजना दुई वर्ष भित्रमा सम्पन्न हुने जनाएका छन् । मन्त्री कार्कीले नगरपालिका भित्र रहेका सिंचाइका लागि सम्भावना भएका खाेलाहरूलाई बाध बाधि किसानहरूलाई उत्पादन बढाउन बाह्रै महिना सिंचाइकाे व्यवस्था मिलाउने सरकारकमे लक्ष्य रहेकाे जानकारी गराए ।
नगरभित्रका किष्णे, रामचन्द्रे, चान्दु र गाैरीया खाेलालाई सिंचाइ गर्न सकिने स्थानमा बाध बाधी हिउदमा पनि सिंचाइकाे व्यवस्था मिलाउने जानकारी गराए ।
एक अर्काे प्रसंगमा गाैरादह नगर भित्रका व्यस्त सडकहरूलाई विस्तार गरि कालाे पत्रे गरिने र अन्य सडकहरूलाई स्तराेन्नति गरि स्तरिय ग्राभेल गरिने बताए । मन्त्री कार्कीले गाैरादहकाे डिपु चाैकदेखि स्कुलचाैन हुँदै डिम्माउठा सम्मकाे ८ किलाेमिटर सडक कालाे पत्रे गरिने जानकारी गराए । गौरादह स्कुलचौन गेउरिया सडककाे निर्माणकालागि धुकुछु बि.टि.जे.भि. ले जिम्मा पाएकाे छ।सडक निर्माणकालागि प्रदेश नं -१ सरकारकाे भ्याट सहित १५ कराेड ५२ लाख ९२ हजार ९सय ५० मा ठेक्का लागेकाेे र दुई बर्ष भित्रमा निर्माण सम्पन्न गरिने जनाईएकाे छ।

सिंचाई डिभिजन कार्यालय झापाका प्रमुख कृष्ण राजवंशीले डाेरामारी रामचन्द्रे सिंचाई आयाेजनाका लागि भाैतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश नं. १ बाट १२ कराेड ६९ लाख वजेट विनियाेजित भएकाे जानकारी गराए । दुई वर्ष अवधिमा सम्पन्न हुने आयाेजना कन्काई ईन्टरनेशनल विल्डर्सले ९ कराेड ६६ लाख रूपैयाँमा निर्माण गर्ने जिम्मा पाएकाे छ ।
संविधान सभा सदस्य दिपक कार्कीले सरकारले यस क्षेत्रमा जनताकाे भावना अनुरूपकाे काम गर्दै विकास निर्माणकाे कामलाई तिव्रता दिएकाेमा खुशी व्यत्त गरे ।
गाैरादह नगरपालिकाका प्रमुख राेहित कुमार साहले नगरभित्र रहेका जनताकाे अति आवश्यक काममा स्थानिय सरकारले पुर्ण सहयाेग गरेकाे र वजेट अभाव भएमा प्रदेश र संघिय सरकारसंग माग गरेकाे धारणा राखे ।
गाैरादह नगरपालिका वार्ड नं. ४ का वडा अध्यक्ष मडिन्द्र कार्कीले स्वागत मन्तव्य राख्दै प्रहरी चाैकीकाे आवश्यकता रहेकाे जानकारी गराए ।
डाेरामारी रामचन्द्रे जल उपभाेक्ता समिति अध्यक्ष पुष्प भण्डारीकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएकाे थियाे भने कार्यक्रम सञ्चालन तुलसी कार्कीले गरेका थिए ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  २ : १७ बजे