४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा स्व. तुर्सा हेमरमकाे सम्झना


२० पुस २०७६, आइतबार  

0
Shares

20200105_172732

विर्तामोड २०, पुस / प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा स्व. तुर्सा हेमरमको आज २४ औं स्मृति दिवस विशेष कार्यक्रम गरि मनाइएको छ । तुर्सा हेमरम स्मृति भवन सुरुङ्गामा तुर्सा हेमरमले प्रजातान्त्रिक आन्दोलनमा गरेको योगदानको चर्चा गरियो । सो अवसरमा सन्थाल जातजातिको सांस्कृतिक नृत्यसहित धनुषकाँड प्रतियोगिता गरिएको थियो । धनुषकाँड सन्थाल समुदायको परम्परागत हतियार हो ।

तुर्सा हेमरम स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथी संघीय सांसद सिताराम मेहताले तुर्सा हेमरम वी.पी.का समकालीन नेता भएको चर्चा गर्दै वी.पी., सि.के, र तुर्सा हेमरमले प्रजातन्त्र प्राप्तिका लागि अनुकरणीय कार्य गरेको चर्चा गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथि तथा पूर्व सांसद डिल्ली सिटौलाले तुर्सा हेमरम प्रजातन्त्रप्रति निष्ठावान नेता भएको चर्चा गर्नुभयो ।
संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले वी.पी.ले अत्यन्तै विश्वास गरेका नेताहरुमध्ये तुर्सा हेमरम एक रहेको चर्चा गर्दै वी.पी.ले कल्पना गर्नुभएको प्रजातान्त्रिक समाजवाद कार्यान्वयन आजको आवश्यकता रहेको धारणा राख्नुभयो ।
सबै जातजाति, भाषाभाषी, वर्ग, क्षेत्रको समृद्धि र सबै जातजातिको सांस्कृतिक संरक्षण तथा समुन्नतिले मात्रै देशको समुन्नति सम्भव हुने भन्दै शिवाकोटीले वी.पी.ले पार्टीभित्र समावेशी सहभागितालाई सुनिश्चित गरेको इतिहास स्मरण गर्नुभयो ।

तुर्सा हेमरम स्मृति प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कुमारमणि पोखरेलले गर्नुभएको थियो । वि.सं. १९८० सालमा जन्मनुभएका तुर्सा हेमरमको वि.सं २०५२ साल पुस २० गते निधन भएको थियो ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ११ : ४६ बजे