४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

डुनट व्यवसायले गुजारा


७ पुस २०७६, सोमबार  

0
Shares

20191223_104017
काेचिला संवाददाता
गाैरीगंज ७, पुस /
आफ्नाे देशमा केही पनि छैन र केही पनि गर्न सकिन्न भनेर कमाई गर्न विदेश जाने युवाहरूका लागि यहाकाे एक युवा सीप र लगनशिलताबाट मनग्गे आम्दानी गर्न सकिने गतिलाे उदाहरण बनेका छन् । धेरै पैसा कमाउने लाेभमा र दलालका फन्दामा फसेर दु:ख पाएका विदेशिने युवाहरूकाे लागि त , ती युवा प्रेरणाकाे स्राेत नै बनेका छन् । एक रिपोर्ट –

गाैरीगंज गाउँपालिका वार्ड नं. ३ बस्ने वर्ष २८ काे रन्जित भगतलाई डुनटकाे व्यवसाय गरेर घर परिवार चलाउन सक्छु भनेर लागेकाे थिएन । उनी आफ्नाे मामासंग डुनट बनाउन सिकेका त थिए तर यसलाई व्यवसायिकरूपमा कसरी अगाडि बढाउने भने ‘अाईडिया’ थिएन । त्यसलाई व्यवसायकाे रूपमा अंगालन भने उनमा हुटहुटी थियाे ।

20191223_104107
गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी २ वर्ष अघि १ लाख रूपैयाँमा एउटा मिक्चर मेसिन, ग्यास सिलिन्डर, १५ केजी मैदा, ३ किलाे चिनी, २ सय ग्राम नुन किनेर डुनटकाे व्यवसाय शुरू गरे पछि एकाएक डुनटका पारखीहरूकाे भीड लाग्न थाल्याे । बिस्तारै उनकाे आट र विश्वास बढ्दै गयाे । अहिले उनलाई बजारकाे माग पूरा गर्न धाउधाउ परेकाे छ । उनी भन्छन् – ‘ विहान ६ बजेदेखि दिउसाे २ बजेसम्म डुनट बनाउन समय वित्छ अनि यसलाई प्याकिङ्ग गर्दा वेलुका ५ बज्छ ।’ एक पटकमा १५ केजी मैदामा १० लिटर रिफाईन तेल, ३ कालाे चिनी, २ ग्राम नुनबाट १ सय ३० प्याकेट डुनट तयार हुने उनले बताए ।

20191223_104000 एक प्याकेट डुनटकाे मूल्य हाेलसेल २० रूपैयामा बेच्दा खर्च काटेर महिनाकाे १२ देखि १५ हजार महिनाकाे कमाई भएकाे उनले बताए । स्व. तुलिचन भगत र कुशिलादेवी भगतकाे कान्छाे छाेराकाे रूपमा जन्मिएका रन्जित अहिले घर खर्च टारेर केही वचत पनि गरेकाे देख्दा उनकी आमा पनि दङ्ग छिन् । उनी भन्छिन् – ‘ छाेराले गरेकाे मेहनत र काम हेर्दा आफुलाई खुशी लागेकाे बताईन् । ‘ ‘छाेराकाे प्रगति र उन्नति नै मेराे उन्नति हाे ‘ – उनले थपिन् । हाल उनकाे कारखानामा २ जना कामदार छन् ।
20191223_103945
डुनटकाे विक्री बार्है महिना भएकाे उनले बताए । डुनट खासगरी खाजाकाे रूपमा विहान वेलुका लिन सकिने र बनाएकाे ७ दिन भित्रमा डुनट खाईसक्नु पर्ने उनकाे सुझाव छ । स्वास्थ र सुरक्षित खाजाकाे रूपमा डुनट प्रयाेग गर्न सकिने हुदा डुनट खाने पारखीहरू उनकै घरबाट किनेर लाने गरेकाे उनले बताए । उनका अनुसार गाैरीगंज , खजुरगाछी , दामुना, बाघाचाैधरी, गाैरादह, गुवालडुब्बालगायतका बजारमा ब्यापारीहरूले उनकाे डुनट बेच्ने गरेकाे छ ।
20191223_103932
विदेश जानु भन्दा पनि आफ्नै देशमा आफुले सिकेकाे सिपलाई सदुपयाेग गरेर लगनशिल भएर काम गर्दा यहि पनि कमाई गर्न सकिने रन्जितकाे भनाई छ ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ५ : ०६ बजे