३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

किसानलाई उन्नत जातकाे मकैकाे बीउ वितरण


१९ मंसिर २०७६, बिहिबार  

0
Shares

20191205_190633
गौरादह १९, मंसिर /गौरादह नगरपालिका वडा नं १ काे वडा कार्यलयले किसानहरुलाई हाईब्रेड जातकाे मकैकाे बीउ बितरण गरेकाे छ।किसानहरुलाई मकै खेतीमा आत्मानिर्भर बनाउन स्थानीय सरकारले मकै खेतिका लागि ३ लाख ६० हजार आर्थिक सहयोग गरेकाे वडा नं १ का वडाध्यक्ष नगेन्द्र भन्डारीले बताए। किसानहरुलाई मकै खेतिमा प्रबर्द्धन गर्ने उदेश्यले वडाभित्र रहेका समुहमा आबद्ध किसानहरुका साथै समुहमा आबद्ध नभएका किसानहरुलाई सेन बि टेन नामकाे हाईब्रेड जातकाे मकैकाे बीउ बितरण गरिएको थियाे। वडा कार्यलयले किसानहरुकालागि ७७७ के.जि. मकैकाे बीउ बितरण गरेकाे थियाे। वडा कार्यलयले वडा भित्ररहेका मकै खेती गर्न ईच्छुक किसानहरुलाई मकै खेती गर्न समेत लाभान्वित गरेकाे छ।मकैकाे बीउ बितरण गर्दा सबै किसानकाे पहुच सम्म पुराउने उदेश्यले कृषि तथा पशु बिकाश समिति गठन गरेर बीउ बितरण गरिएकाे छ।समितिले कृषक समुहमा आबद्ध सदस्यहरुकाे संख्या हेरेर ३२ के.जि. देखि १२० के.जि. सम्म समुहमा आबद्ध किसानहरुकालागि मकैकाे बीउ बितरण गरेकाे थियाे। समुहमा आबद्ध नभएका मकै खेति गर्न इच्छुक किसानहरुलाई ४ के.जि. का दरले मकैकाे बीउ बितरण गरेकाे थियाे। साेहि अनुसार अन्य मकै खेति गर्न ईच्छुक ३८ जना किसानहरुलाई पनि मकैकाे बीउ बितरण गरिएको थियाे।वडा कार्यलयकाे सभाहलमा एक कार्यक्रमकाे आयाेजना गरि कृषि तथा पशु बिकस समिति अध्यक्ष भिम कुवरकाे सभापतित्वमा सेन बि टेन नामक हाइब्रेड जातकाे मकैकाे बीउ बितरण गरिएको थियाे। कार्यक्रममा वडा नं १ का वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि नगेन्द्र भन्डारीले वडा भित्ररहेका किसानहरुलाई मकै खेतीमा आकर्षण गराउन उन्नत जातकाे मकैकाे बीउ बितरण गरकाे जानकारी गराए।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहिबार  १ : २३ बजे