१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सांसद लिम्बु मार्फत कमलमा कालो पत्रे सडक निर्माणको लागि २ करोड ५० लाख बजेट बिनियोजन



दमक/ झापाको कमल गाउँपालिकामा सांसद महेन्द्रकुमारी लिम्बुको सांसद बिकास कोष मार्फत बजेटबाट सञ्चालन भइरहेको सडक स्तरोन्नतीको एउटा योजनाका बिषयमा सांसद लिम्बुसहित पार्टी नेताहरुले सार्वजनिक गर्दै खबरदारी गरेका छन । कांग्रेस कमल ४ को वडा समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा सांसद लिम्बुले योजनाका बारेमा जानकारी गराउँदै निर्धारित मापदण्ड अनुसार सडक कालोपत्रे योजना सम्पन्न गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइन । कमलको वडा नं ४, ५ र ६ को सितापुरी गेउरिया किस्ने दोभान हुदै गौरादह जोड्ने सो सडक स्तरोन्नतीका २ करोड ५० लाख रुपैयाा बराबरको बजेट बिनियोजन भएको कार्यक्रममा जनाइएको छ ।
कार्यक्रममा सहभागी कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी सांसद लिम्बुले संसद बिकास कोष बाट आफ्नो बिशेष पहलमा सो बजेट विनियोजन भएको बताइन । सांसद लिम्बुले प्राथमिकता र आवश्यकताका आधारमा न्यायोचित र सन्तुलित बिकासका योजनाहरुको कार्यान्वयन आवश्यक रहेको बताइन ।
कांग्रेसका ४ नम्बर वडा सभापति सागर राईको सभापतित्वमा भएको सो कार्यक्रममा पार्टीका एक नम्बर प्रदेश समिति सदस्य हुकुमसिंह राई, महाधिबेशन प्रतिनिधि राजन ढुङगा, गाउँ सहसभापति खगेन भण्डारी, पार्टीका गाउँ उपसभापति एवं कमल १ का वडाध्यक्ष केदार कटुवाल , प्रदेश प्रतिनिधि दिपा गौतम, बदीराम राई,बिष्णु बेघासहित वडा सभापतिहरुसहित स्थानीय नेता, कार्यकर्ता , सर्वसाधारणहरु सहभागी थिए । सो अवसरमा स्थानीयबासीहरुले सो योजनालाई आगामी बर्षका बजेट तथा कार्यक्रमहरुमा समेत प्राथमिकतामा राख्न सांसद लिम्बुसहित सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  ४ : ०३ बजे