५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

१३ दिन देखि चालक राजवंशीकाे शव अस्पतालमा बन्धक, डल्फिन यातायातका १३ वटा बस नियन्त्रणमा


७ कार्तिक २०७६, बिहिबार  

0
Shares

20191024_155812
विर्तामोड ७, कार्तिक / डल्फिन यातायात काकरभिट्टाका सञ्चालकको चरम लापरवाहीका कारण चालक जङ्ग बहादुर राजवंशीको मृत्युभएपछि डल्फिन यातायातका १३ वटा वस नियन्त्रणमा लिइएको छ ।
गाडी सञ्चालकहरुले मृतक राजवंशीको उपचारमा ढिलासुस्ती र राहत खर्च दिन पिडित परिवारसंग सम्पर्कमा नआएकाे भन्दै राजवंशी समाज विकास समितिको अगुवाईमा स्थानिय, पिडितका परिवार, चालकहरुसमेतले आज विहान ६ वजे देखि
विर्तामोडमा डल्फिन यातायातका बसहरु नियन्त्रमा लिएका हुन् । आसोज २६ गते धरानबाट काकरभिट्टा आउने क्रममा मोरङ्गको उर्लावारीमा दुर्घटना परी गम्भिर घाइते भएका अनारमनी –७ का राजवंशीलाई डलफिन यातायातका सञ्चालक कमल साहले विर्तामोड स्थित विएण्डसी टिचिङ्ग अस्पताल पुर्याइ सम्पर्क विहिन भएको उनकी पत्नी सविना राजवंशीले बताइन् । मृतक राजवंशीले हा“क्ने मे१ ख २६५१ नं. को डल्फिन गाडी र पिक भ्यान एक आपसमा जुधेको बताइएको छ ।
असोज २६ गते भर्ना गरिएका राजवंशीको उपचारका क्रममा गत आइतवार राति मृत्यु भएको थियो । हालको उनको सव अस्पतालमै बन्धक बनेको छ भने उपचारमा ५ लाख २५ खर्च भएको उनकी पत्नीले बताइन् । उनले अस्पतालमा अहिले
सम्म ६१ हजार अस्पतालमा बुझाएको बताइन् । सविनाकाे ७ र ६ बर्षिय दुई छाेरा छन् । उनकाे आर्थिक अवस्था कमजाेर रहेकाे छ ।
सञ्चालक जिवन रेग्मी, कमल साहलगायत ४ जना छन् । डल्फिन यातायातका सञ्चालकमध्ये जिवन रेग्मी सम्पकर्मा आएपनि छलफलमा बस्न आनाकानी गरेको इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी मोहन बहादुर थापाले बताए ।
गाडी मालिक संग पटक पटक सम्पर्क गर्दा कोही दिल्ली, त कोही काडमाडौंमा रहेको बताउदै आएपनि उनीहरुलाई बोलाउने प्रयास भईरहेको डिएसपी थापाले बताए ।
स्व जङ्ग बहादुर राजवंशीको सव यतिका दिनसम्म अस्पतालमा राखि राख्नु र घटनाको जिम्मा गाडी सञ्चालकले लिन आनाकानी गर्नु नमिल्ने राजवंशी समाज समितिका अध्यक्ष पुकार राजवंशीले बताए । चालकको ज्युधन लगायत सम्पुर्ण
जिम्मोवार श्रम ऐन अनुसार पनि गाडी सञ्चालकले लिनु पर्ने भएको हुदा पिडितले राहत नपाउन्जेल गाडी नियन्त्रण रहिरहने बताए ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहिबार  १० : १६ बजे