२२ असार २०८२, आइतबार | Sun Jul 6 2025

दशैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा


२१ आश्विन २०७६, मंगलबार  

0
Shares

20191008_062133

गाैरीगंज २१, असाेज / मंगलबार परेको विजयादशमीको टीकाको शुभ साइत बिहान १० बजेर २५ मिनेटमा रहेकाे पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसैबीच अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा स्थानीय समयअनुसार कति बजे विजया दशमीको टीका लगाउने भनेर समय निकालेकाे छ ।

घ’टस्थापनाको दिनदेखि टीका सम्मको अवधिलाई नौरथा पनि भन्ने गरिन्छ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दशैंका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते मंगलवार विजयादशमीका दिन बिहान ८ : ४५ बजे देवी विसर्जन गरेपछि १० : ३५ को शुभ साइतमा मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिनेछ ।
धेरैजसो शैक्षिक संस्थाले आइतवार देखि नै बडादशैंका अवसरमा सार्वजनिक बिदा दिएका छन् । दशैंका अवसरमा घटस्थापनाका दिन देखि दिने बिदा भने पछिल्ला वर्षमा कटौती गरिएका छन। टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा भए पनि टाढा पुग्नुपर्नेले भने छिटै टीका लगाउने गरेको पनि पाइन्छ ।

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलबार  १२ : ३६ बजे