३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

५ औ मदन भण्डारी स्मृति गोल्डकप फुटवल प्रतियोगिता हुने


१८ बैशाख २०७३, शनिबार  

0
Shares

दमक १७, बैशाख  / मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लावारीले  आयोजना गर्ने ५ औ मदन भण्डारी स्मृति गोल्डकप फुटवल प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सरोकारवाला निकायका प्रमुखहरुले प्रतिवद्धता जनाएका छन् ।
शुक्रवार प्रतिष्ठानले  आफनै सभाकक्षमा आयोजना गरेको छलफल कार्यक्रममा बैशाख २७ गतेदेखि जेठ ३ गते सम्म हुने मदन भण्डारी  गोल्डकप सम्पन्न गर्न सहयोग गर्ने उनीहरुले प्रतिवद्धता जनाएका हुन् । प्रतियोगिताको  मुल समितिका संयोजक रोमनाथ ओलीको अध्यक्षतामा भएको कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका कार्यकारी अधिकृत बिनोद भण्डारीले आफनो कार्यालयले प्रतियोगिता सम्पन्न गर्न सक्दो सहयोग गर्ने बताउनु भयो ।
यसै गरी  कार्यक्रममा सशस्त्र प्रहरी वल सुरक्षा वेस क्याप उर्लावारीका प्रमुख डिएसपी विपी कुसुवाले खेल अवधि भरि कुनै पनि घटना हुन नदिने र शान्ति कायम गर्ने बताउनु भयो । इलाका प्रहरी कार्यालय उर्लावारीका प्रमुख प्रहरी निरिक्षक राजकुमार राईले सशस्त्र र जनपथ प्रहरी बीच समन्वय  गरेर शान्ति सुरक्षा दिने बताउनु भयो । एमाले क्षेत्रीय  कमिटी क्षेत्र नम्वर ९ मोरङका क्षेत्रीय अध्यक्ष  गंगा बास्तोला ,  एमाओवादी उर्लावारी गाउा कमिटी अध्यक्ष राजेन्द्र पौडेल  र पथरी उधोग वाणिज्य संघ अध्यक्ष धन बहादुर तामाङ लगायतले प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने बचन बद्धता  ब्यक्त गर्नु भएको थियो ।
मोरङको उर्लावारी ६ स्थित प्रस्तावित सालवारी रंगशाला प्रतियोगिता सञ्चालन  हुने प्रतिष्ठानले जनाएको छ ।  जेठ ३ गते हुने फाइनल खेलको उपाधि विजेता टिमले २ लाख २ हजार २सय  रुपैया र उपविजेता टिमले १ लाख १ हजार १ सय पाउने आयोजकका सदस्य सचिव रुद्ध तामाङले बताउनु भयो

प्रकाशित मिति : १८ बैशाख २०७३, शनिबार  ३ : ०२ बजे