५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

भवानीपुरमा जयगुरू सत्संग मन्दिरको उद्वघाटन, जग्गादातालाई सम्मान


२० भाद्र २०७६, शुक्रबार  

0
Shares

20190906_184205

गौरीगंज २०, भदौ / गौरीगंज गाउँपालिका वडा नं. ४ भवानीपुरस्थित श्रीजयगुरु सत्संग मन्दिरको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । श्री ठाकुर अनुकुल चन्द्रजीको १३२ औ“ जन्मोत्सवको अवसर पारेर गौरीगंज गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बाबुराजा श्रेष्ठले उक्त मन्दिरको उद्घाटन गरेको हो ।
जयगुरु मन्दिर सञ्चालन समितिका अध्यक्ष श्याम गिरीको अध्क्षयतामा भएको कार्यक्रममा भवन निर्माणका लागि जग्गादाता सोनीलाल हजाम र तिलकचन गिरीलाई खादा ओढाएर सम्मान गरिएको थियो । जग्गादाता सोनीलाल हजामले मन्दिर निर्माण गर्न १६ धुर जग्गा र तिलकचन गिरीले शौचालय निर्माणका लागि २ धुर जग्गा निःशुल्कमा प्रदान गरेका थिए । गौरीगंज गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष कुल प्रसाद गिरीका अनुसार गौरीगंज गाउँपालिका र वडा नं. ४ को वडा सिलिङ्ग वजेटबाट १० लाख ७० हजार, तत्कालिन जिल्ला विकास समितिबाट १ लाख रुपैया र श्रमदानबाट २ लाख ५० हजार रुपैयामा मन्दिर निर्माण भएको हो । कार्यक्रममा गौरीगंज गाउँपालिकाका वडा नं. १ का अध्यक्ष कार्तिकलाल राजवंशी, समाज सेवी घनश्याम रिजाल, महिला नेतृ फुलवत्ती राजवंशी, पर्शुराम राजवंशीलगायतले बोलेका थिए । कार्यक्रममा भारतको झारखण्ड देवघरका रितिक गोपाल झा., शशिकान्त झा, नजरलाल राजवंशी, अनिल कुमार सिन्हा, चेतलाल राजवंशी, दुखालाल ताजपूरिया, वडा अध्यक्ष अग्नु राजवंशी, बद्रीनारायण यादव, विजय सिहं, युवा समाजसेवी श्रवण गिरी, अजय साहलगायतको सहभागिता थियो भने कार्यक्रम गाउँपालिका प्रतिनिधि सञ्चालन विरेन्द्र खड्काले गरेका थिए ।
20190906_184226
20190906_184353
20190906_184236
20190906_184255

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  १२ : ५९ बजे