५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

झापामा राष्ट्रिय परिचयपत्र वितरण शुरु


२० श्रावण २०७६, सोमबार  

0
Shares

natinol-id-100x70

भद्रपुर २०, साउन / झापामा आइतबारदेखि राष्ट्रिय परिचयपत्र वितरण शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले असार ९ गतेदेखि राष्ट्रिय परिचयपत्र विवरण दर्ता शुरु गरेको झण्डै ४० दिनपछि परिचयपत्र वितरण थालेको हो ।

भद्रपुरस्थित राष्ट्रिय परिचयपत्र व्यवस्थापन कक्षमा कार्यक्रमको आयोजना गर्दै झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेललाई उनको राष्ट्रिय परिचयपत्र हस्तान्तरण गर्दै वितरण कार्यको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेल, सेवाग्राही प्रहिल घिमिरे र पत्रकार लक्ष्मी काफ्लेलाई समेत परिचयपत्र हस्तान्तरण गरिएको थियो ।

प्रदेश नम्बर १ को ताप्लेजुङबाट शुरु भएको राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्यक्रमलाई गृह मन्त्रालयले पाँच वर्षभत्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने नीति अनुरूप अघिल्लो वर्षदेखि झापासहित १५ जिल्लामा यो कार्यक्रमको विस्तार गरेको हो ।

एक व्यक्ति एक परिचयपत्र नम्बर प्रणालीमा नागरिकता, पासपोर्ट, सवारी चालक लाइसेन्स आदि एकीकृत गर्ने कार्यको शुरुवात गरिने सरकारको योजना अन्तर्गत झापामा हालसम्म एक हजार चार सय ५९ जनाले दर्ता गराएको जनाइएको छ । त्यसमध्ये नौ सय ९५ जनाको परिचयपत्र आइसकेको र त्यो परिचयपत्र आइतबारदेखि वितरण शुरु गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।

उनका अनुसार यही आर्थिक वर्षभित्र जिल्लाको १५ वटै स्थानीय तहमा ३२ वटा व्यवस्थापन कक्षको स्थापना गरी राष्ट्रिय परिचयपत्र विवरण दर्ता र वितरण शुरु गर्ने योजना छ । ‘नागरिकता लिएका हरेक नागरिकलाई राष्ट्रिय परिचयपत्र दिने प्रदान गरिने छ’ –प्रजिअ दाहालले भने– ‘नागरिकको सुविधाका लागि प्रशासन कार्यालयले सबै स्थानीय तहरुमा टोली खटाउँछ ।’

सरकारी, गैरसरकारी निकाय, बैंकहरू, टेलिकम, व्यावसायिक सेवा प्रदायक संस्थाहरूले प्रयोग गर्ने रजिष्टे«सन फारम र फारमहरू डिजिटाइज्ड गर्न यसले मद्दत पुु¥याउनुका साथै दोहोरो सेवासुविधा लिने, झुठा विवरण पेस गर्ने, सेवासुविधाको दुरुपयोग गर्ने जस्ता कार्य नियन्त्रित भई लक्षित वर्ग समुदाय एवम् आम नागरिकले राज्य प्रदत्त सुविधाबाट प्रत्यक्ष लाभ लिन सक्ने सरकारको नीति रहेको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाई छ ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ११ : ०० बजे