५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गौरीगंजका हरदेव राजवंशीको मृत्यु, डेंगुको संक्रमणमाट मृत्यु भएको आशंका


८ श्रावण २०७६, बुधबार  

0
Shares

 

hardev pp

गौरीगंज ८, साउन / गौरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी घर भएका हरदेव राजवंशीको आज साझ ६ बजे मृत्यु भएको छ । दमक स्थित नमस्ते हस्पिटलमा हिजो चेक जाँच गरेका अन्दाजी ४५ वर्षीय राजवंशीको ‘भाइरल डिजिज’ का कारण  विराटनगर स्थित  विराट मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटलमा  मृत्यु भएको बताइएको छ । नमस्ते हस्पिटल दमकका अध्यक्ष कुबेर भट्टाराईका अनुसार हिजो चेकजाँच गर्न गएका राजवंशीको उपचार सम्भव नभएपछि अस्पतालले विराटनगर रेफर गरेको थियो । मृतक राजवंशीको एक श्रीमति ३ छोराछोरी छन् । मृतकसंगै रहेका गौरीगंज गाउँपालिका वार्ड नं. ३ निवासी शोभाकान्त दासले डेंगुको संक्रमणबाट मृत्यु भएको हो भनी हस्पतालले हाल सम्म पुस्टि नगरेकोले अहिले बोल्न नसकिने बताए । तर राजवंशीको मृत्यु डेंगुको संक्रमणबाट भएको आशंका गरिएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  २ : ४९ बजे