५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाउँपालिकाको अध्यक्षदेखि वडा सदस्यलाईसमेत मासिक भत्ता, अध्यक्षको मासिक भत्ता ५० हजार भन्दा बढी


१३ असार २०७६, शुक्रबार  

0
Shares

seba subidha

गौरीगंज १३, असार / गाउँपालिकाका जनप्रतिनिधिहरुको मासिक तलव ५० हजार रुपैया“ भन्दा बढी हुने मासिक तलब हुने भएको छ । प्रदेश सरकारले हालै गाउ“पालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुको सेवा सुविधाको अनुसुचिलाई संशोधन गरी मासिक रुपमा भत्ता स्वरुप यो वरावरको रकम उनीहरुलाई दिन लागेको हो ।
सरकारले गाउ“पालिका अध्यक्षको बैठक भत्ता (प्रति वैठक) १ हजार , टेलिफोन, मोवाइल मासिक ३ हजार, खाजा भत्ता मासिक ५ हजार, पुस्तक,पत्रपत्रिका,इन्टरनेट मासिक २ हजार, अनुगमन भत्ता मासिक १० हजार, खानेपानी, बिजुली महसुल मासिक २५ सय, सरसफाइ मर्मत मासिक २५ सय, अतिथि सत्कार मासिक ९ हजार, यातायात खर्च मासिक १० हजार रुपैया“ तोकेको छ । त्यसैगरी अध्यक्षलाई स्वदेश भ्रमण भत्ता प्रतिदिन १६ सय र विदेश भ्रमण भत्ता प्रतिदिन ८० अमेरिकी डलर दिने भएको छ । सोही अनुसारको मासिक भत्ता प्रदेश सरकारले गाउ“पालिका उपाध्यक्षलाई दिने व्यवस्था गरेको छ । सरकारले उपाध्यक्षलाई पनि सोही अनुसारको शिर्षकहरुमा मासिक भत्ता दिने निर्णय गरेको छ । उपाध्यक्षको अतिथि सत्कार मासिक भत्तामा अध्यक्ष भन्दा ४ हजार कम गरी ५ हजार रुपैया“ कायम गरेको छ ।
हेनुहोस्

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  १२ : ०४ बजे