१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

गौरादह काँग्रेसको खबरदारी


९ असार २०७६, सोमबार  

0
Shares

77a660624eb70518d47814e4d591a7da.0

गौरादह ९ , असार/ नेपाली काँग्रेस गौरादह नगर समितिले गौरादह नगरपालिका कार्यालयमा भएको ढिलासुस्ती, अनियमितता, भ्रस्टाचार र नगरबासिमा भएको समस्याको बारेमा नगरपालिकाको कार्यालयमा ध्यानाकर्षण गराएको छ । नेपाली काँग्रेस गौरादह नगरसमिति नगर सभापति यादवराज सेडाईको नेतृत्वको टोलीले नगरप्रमुख रोहित कुमार शाहलाई ज्ञापनपत्र बुझाउँदै नगरपालिकाको काम छिटो छरितो र पारदर्शी हुनुपर्नेमा आइतबार नगरपालिकाको कार्यालयमा ध्यानाकर्षण गराएको छ । आइतबार नगरपालिकाको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएपछि आज गौरादहमा पत्रकार सम्मेलनको आयोजना गरि पत्रकारहरु माझमा पार्टिले बुझाएको ज्ञापनपत्रको बारेमा जानकारी गराएको छ । काँग्रेसले सम्पूर्ण ढिला सुस्ती, अनियमितता का विषयमा छानबिन गरि सत्य तथ्य सार्वजनिक गर्न छानबीन समिति गठन गरि एक महिना भित्र प्रतिवेदन सार्वजनिक गर्न समेत माग गरेको छ । विवादित प्रशासकिय अधिकृत सागर मिश्र, प्राविधिक शाखा का इन्जिनियर सचिन क्षेत्री तथा लेखा का कर्मचारी राम प्रसाद दाहालको नाम उल्लेख गरेर उनिहरुको राष्ट्र सेवकको भूमिका मर्यादित नभएको, कर्तव्यबाट च्युत भएको भन्दै अपारदर्शी जवाफदेही वीहीन कर्मचारीलाई स्पष्टीकरण सहित निलम्बन गर्न समेत माग गरिएको छ ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  १ : ५३ बजे