५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरीगंजका १५ विपन्न परिवारका घर निर्माणकाे शिलान्यास


१६ जेष्ठ २०७६, बिहिबार  

0
Shares

52f507be77a99f4ff469973b84462643.0
गौरीगञ्ज १६, जेठ / गौरीगञ्ज गाउँपालिकाले वडा नँ २ कोरोबारीका १५ बिपन्न परिवारलाई सुरक्षित घर निर्माण गरिदिने भएको छ । सरकारकाे समृद्ध मधेश कार्यक्रम अन्तर्गत बिहिबार गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले उत्त घरको शिलान्यास गरेका छन् ।
सरकारको केन्द्रिय बजेटबाट गौरीगञ्ज गाउँपालिकाले प्रति घर ४ लाख २६ हजार रूपैयाँका दरले बजेट बिनियोजन गरिएकाे सहारा नेपालका गाैरीगंज म्यानेजर उमेश भारतीले जानकारी दिए ।
सहारा नेपालको प्राबिधिक सहयोगमा निर्माण हुन लागेकाे उद्व घरहरूकाे शिलान्यास कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष इलियन बेस्राा, वडा नँ २ का वडाध्यक्ष अघनु राजवँशी, वडा सदस्य अरूण राजवंशी,रिता तामाङ, रिङ्कु देवी राम,नेत्र राजवंशी, सहारा नेपाल गौरीगञ्जका प्रमुख उमेश भारती, नेकपाका पाण्डव राजवंशी , कांग्रेसका याेगेेेन्द्र राजवंशी र राप्रपाका फागुलाल राजवंशी, सहारा नेपालका ईन्जिनियर सराेज लावती, गाउँपालिकाका ईन्जिनियर सविन क्षेत्रीलगायत स्थानीयहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमकाे सञ्चालन सहारा नेपालका सुभाष झाले गरेका थिए ।

प्रकाशित मिति : १६ जेष्ठ २०७६, बिहिबार  १ : २२ बजे