३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

टुलाएर बसेरहेकी छिन आमा खादमी देवी राजवंशी


१२ बैशाख २०७३, आइतबार  

0
Shares

झापा राजगढ –८ धादरा गाउँकी ललिता राजवंशीले आफ्नो भाई प्रकाश राजवंशीको वैदेशिक रोजगारीको शिलशिलामा संयुक्त अरब इमिरेट्स युएईमा निधन भएपछि क्षतिपूर्ति नपाएर  थप पीडामा परेकी छन् । पैसा कमाउला र आफ्नो ठुलो परिवारलाई सुख सयलमा राखौला भन्ने सपना साँचेर उडेका प्रकाश उनको मृत्युवरणले परिवारलाई स्तब्ध बनाएको छ । घटना भएको १७ दिन पछि प्रकाशको मृतक शरीर घर पुग्दा क्षतविक्षत भएको उनको घरपरिवारसंग  पीडा बाहेक अरु केही रहेन । प्रकाशकी दिदी ललिता राजवंशी भन्छिन– ‘ अहिले सम्म कुनै क्षतिपुर्ति मिलेको छैन, थप पीडा भएको छ । ’   झापा डाँगीवारीका गोपाल राजवंशीले उनका भाई प्रकाशलाई ८० हजार रुपैयाँ लिएर असार १५ गते दुवई उडाएका थिए । प्रकाशको मृत्यु भएको ५ महिना भइसके पनि राज्यबाट पाउने क्षतिपूर्ति नपाएको पीडा ललिताले सुनाइन । स्वर्गीय बुवा भक्ति प्रसाद राजवंशी र आमा खादमी देवी राजवंशीको छोरा प्रकाश राजवंशी  ३ भाई छोरा मध्ये जेठो हो । ३ छोरी र ३ छोराकी आमा खादमी देवी राजवंशी छोरा गुमाएको पीडाले केही बोल्न चाहिन्न । ललिता राजवंशीको भनाई अनुसार एजेन्टले भाईको भिसा  श्रम नगरी दुवई पठाएकोले राज्यबाट पाउने क्षतिपुर्ति नपाएको बताइन् ।   ललिता राजवंशीले काठमाडौं बस्ने एजेन्ट गोपाल राजवंशीलाई सम्पर्क गर्दा  हामीले यसरी नै कामदारलाई विदेश पठाउछौं यसमा हामीले केही गर्न सक्दैनौं भनेर टार्ने कुरा गर्न बाहेक अरु केही कुरा नै गर्न नचाहेको बताइन् । झापाको कनकाई सामुदायिक वन उपभोक्ता समूह सुरुङ्गाको सभाहलमा झापाली समाज युएईले हालै आर्थिक सहयोग वितरण गर्न कार्यक्रमको आयोजना गरेको थियो ।  आफ्नो पीडा सुनाउँदा सुनाउदै  मन्तव्य थाल्नु भएकी ललिताको पीडानुभूतिका शब्द–शब्दले सबैलाई स्तब्ध पारेको थियो । त्यही कार्यक्रममा उहाँले भाईको मृत्यु भएको पीडा र  क्षतिपूर्ति नपाएको  वेदना पोख्नु भएको हो । तर, प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेल चाहिँ राजवंशी बोल्नुभन्दा अगाडि नै बाहिरिनु भयो । बोल्दा–बोल्दै डाको छाड्नु भएकी राजवंशीको पीडा कार्यक्रमका प्रमुख जिल्ला अधिकारी भुजेलले सुन्न पाउनु भएन । तर, प्रश्न अझै पनि बाँकी छ कि, झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलज्यू अभियुक्तलाई कारबाही हुन्छ ? के प्रकाशकी बुढी आमाले आफ्नो जीवन छदै न्यायानुभूति गर्न पाउनु हुन्छ  ? यस्ता प्रश्नको जवाफ पाउने आशमा बसेकी प्रकाशकी आमा खादमी देवी राजवंशी घरको ढोकामा  टुलाएर बसेरहेकी छिन् । lalita

दिदी ललिता राजवंशी

प्रकाशित मिति : १२ बैशाख २०७३, आइतबार  १० : १३ बजे