१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

जन्मकाे आधारमा नागरिकता पाएकाका सन्तानलाई नागरिकता दिन मन्त्रालयले गर्याे परिपत्र, संघिय संसदमा भने नागरिकता सम्बन्धि बनेकाे विधेक विचाराधीन


२० चैत्र २०७५, बुधबार  

0
Shares

20190403_065856

गाैरीगंज २०, चैत / गृहमन्त्रालयले जन्मका आधारमा नागरिकता पाएका नेपाली नागरिकका सन्तानलाई नागरिकता उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ।

मंगलबार मन्त्रीस्तरीय बैठकले जन्मका आधारमा नागरिकता पाएकाका  सन्ततीको शैक्षिक वृत्ति विकासमा बाधा पुगेको भन्दै मन्त्रालयले प्रक्रिया पुर्‍याई बंशजको आधारमा नागरिकता दिन भनेको हो।
यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन प्रधानमन्त्री कार्यालय र सातै प्रदेश सरकारलाई समेत बोधार्थ दिइएको छ। तर नागरिकता सम्बन्धि बनेकाे विधेक संघिय संसदमा लामाे समय देखि विचाराधिन रहेकाे अवस्थामा मन्त्रालयले यस्ताे परिपत्र जारी गरेकाे हाे ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  १ : १८ बजे