७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

नारी दिवसकाे अवसरमा जेष्ठ बृद्वबृद्वालाई पानी र फलफुल वितरण


२४ फाल्गुन २०७५, शुक्रबार  

0
Shares

17daf7af8b6c1890f9a0c3bc34150e77.0
दमक २४, फागुन / झापाको दमक ४ स्थित रत्न ज्येष्ठ नागरिक बृद्धाश्रमका बृद्धबृद्धालाई बालबालिकाहरुले १०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर फलफुल र पानी वितरण गरेका छन् ।
दमकमा बालबालिकाहरुले गत पुषमा स्थापना गरेको क्यारिङ हेण्ड्स नामक संस्थाका सदस्यहरुले आफूहरुको खाजा खर्च वापतको रकम कटौती गरेर सो आश्रममा आश्रित शारिरिक अशक्तता भएका र असाहय २ बृद्धासहित कूल ७ जना बृद्धबृद्धाहरुलाई शुक्रबार सो सहयोग प्रदान गरेका हुन् । बालबालिकाका कतिपय अभिभावकहरु समेत आश्रममा पुगेर फलफुल वितरणमा सहभागी भएका थिए ।
दमक ४ का निर्वाचित वडा सदस्य एवम् स्थानीय सामाजिक युवा व्यक्तित्व मणीराज धिमालको प्रमुख आतिथ्य र क्यारिङ हेण्ड्सका अध्यक्ष प्रज्वल अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रमका सहभागी स्वयसेवक विद्यार्थी तथा अतिथीहरुले आश्रममा रहेका बृद्धबृद्धाहरुलाई फलफुल वितरण गरेका थिए ।
सो अवसरमा आश्रमकी संस्थापक अध्यक्ष मन सुनुवारले मानवीय सेवामा त्यस किसिमको सहयोगको प्रशंसा गरिन् । उनले आफ्नो परिवारको एकल खर्चमा स्थापना भएको सो आश्रममा रहेका बृद्धबृद्धाहरुको भई परी आउने स्वास्थ्योपचारमा सहजीकरण गरिदिन सरोकारवालाहरुको ध्यानाकर्षण गराइन् ।
समाजमा रहेका असहाय, विपन्न र अशक्तहरुको स्वास्थ्योपचारसहित आवासीय सुविधा दिएर आश्रमले सेवा पुरयाउँदै आएको आश्रम स्थापना गर्ने परिवारकी सदस्य पारिका आलेले बताइन् । आफूहरु बेलायतमा बस्दै आएपनि सो आश्रम सञ्चालनमा सम्पूर्ण दायित्व आफ्नैे परिवार सदस्यहरुबाट निर्वाह गर्दै आएको आलेले जानकारी दिइन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ७ : ३२ बजे