५ असार २०८२, बिहिबार | Thu Jun 19 2025

नेविसंघ गाैरीगंजकाे हाजिरी जवाफ प्रतियोगिता सम्पन्न


२३ फाल्गुन २०७५, बिहिबार  

0
Shares

20190307_121847

गाैरीगंज २३, फागुन / नेपाल विध्यार्थी संघ गाैरीगंजलेे गाैरीगंजमा आज अन्तर मा.वि. स्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेकाे छ ।
गाैरीगंज गाउँपालिका उपाध्यक्ष तथा शिक्षा समितिका संयाेजक दिपिन्द्र थापाले प्रतियाेगिताकाे बन्द प्रश्नावली खाेलेर शुभारम्भ गरेका थिए ।
प्रतियोगिताामा ८ वटा विध्यालय सहभागी रहेकाे प्रतियोगितामा वालकल्याण मावि प्रथम भएको छ भने खजुरगाछी मावि द्वितीय र ज्ञानोदय आ. मावि तृतीय भएको छ। विजेता टाेलीलाई साममन्य ज्ञानका पुस्तक तथा नाेट कपि(डायरी)ले पुरस्कृत गरिएकाे थियाे । प्रतियोगितामा गाैरीगंज मावि, देवकाेटा मावि, ज्ञानकुञ्ज एकाडमी, स्नाेव्हाइट वाेर्डिङ्ग स्कुल र आदर्श मावि सहभागी थिए । नेबिसंघ गौरिगन्ज गाउँपालिका गाउँकमिटी सभापति एवम् कार्यक्रमका संयाेजक भोला राजवंशीको सभापतित्वमा भएको कार्यक्रममा दिपेन्द्र थापाको प्रमुख आतिथ्यता रहेको थियाे । कार्यक्रममा नेबिसंघ झापा सभापति राजेन्द्र उप्रेती र ३ नं. वडा अध्यक्ष मखना महतोको विशिष्ट आतिथ्यता रहेको थियाेे । कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्यहरु देवी प्रसाद राजवंशी, नाैताफी राजवंशी, वार्ड नं ३ सदस्य हेमा आचार्य, कल्पना थापा, नेविसंघ जिल्ला सदस्यहरु गोकुल पौडेल, देवकुमार ताजपुरिया लगायत नेपाली कांग्रेस पार्टी प्रतिनिधिहरु, गौरिगन्ज क्याम्पस इकाइ सभापति कृष्ण दास वावाजीलगायतकाे सहभागिता रहेको थियो। झापा जिल्ला नेबिसंघको कार्यतालिका अनुसार झापाका प्रत्येक स्थानीय तहमा हाजिरीजवाफ गरि त्यहाँका विजेतालाई जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराउने जनाइएकाे छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहिबार  १० : ५९ बजे