४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

नि: शुल्कमा घर र जग्गा पाएपछि गाैरीगंज गाउँपालिकाका ११ सन्थाल परिवारमा छायाे खुशी


१० फाल्गुन २०७५, शुक्रबार  

0
Shares

20190222_123340
गाैरीगंज १०, फागुन / गाैरीगंज गाउँपालिका वार्ड नं ४ बेलगाछी सतारबस्तीका गरिब तथा विपन्न ११ सन्थाल परिवारकाे घर आज शिलान्यास गरिएकाे छ ।
गाैरीगंज गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बाबुराजा श्रेष्ठले विधिपुर्वक पुजाअर्चना गरि आबाँस निर्माणकाे उद्घाटन गरेका थिए ।

विपन्न आवास निर्माण एकीकृत वस्ती याेजना अन्तर्गत गाैरीगंज गाउँपालिका र ह्याविट्याट फर ह्युमानिटि नेपाल मार्फत सहारा नेपालकाे १ लाख ५० हजार रूपैयाँकाे संयुत्त लगानीमा आवास निर्माण गर्न लागिएकाे हाेे । आवास निर्माणका लागि गाउँपालिकाले १० कठ्ठा जग्गा खरिद गरेकाे छ । उत्त जग्गासंगै स्थानिय छटारी ताजपुरिया र नगेन्द्र ताजपुरियाले आवास निर्माणका लागि निशुल्कमा १ कठ्ठा जग्गा दान दिएका छन् । कार्यक्रममा उनीहरूलाई फुलमालाले स्वागत गरिएकाे थियाे । घर र जग्गा निशुल्क पाएपछि ११ सन्थाल परिवारमा खुशी छाएकाे छ । उनीहरू यसअघि किष्णे खाेलाकाे वाडीले बर्सेनि पिडित हुँदै आएका थिए ।

एकीकृत आवास निर्माण याेजना अन्तर्गत गाैरीगंज गाउँपालिका वार्ड नं ६ दमाई डाडामा ८ घर, माझी टाेलामा ४ घर र वार्ड नं ५ काे हरिराकाे मुसहरबस्तीमा १२ घर निर्माण गरिने सहारा नेपालका गाैरीगंज शाखा म्यानेजर उमेश भारतीले बताए । वार्ड नं ६ दमाई डाडाका ८ घर निर्माण कार्यमा जापानकाे टाेकियाे स्थित वासेदा युनिभर्सिटीका १७ जना विध्यार्थीले सहयाेग गरिरहेका छन् ।
घर निर्माणका लागि प्रत्येक परिवारलाई १ लाख ५० हजार रूपैया मध्ये ७५ हजार रूपैयाँ गाैरीगंज गाउँपालिका र ७५ हजार सहारा नेपालले संयुक्त लगानी गर्ने सहमति भएकाे अध्यक्ष श्रेष्ठले बताए ।
जग्गा नभएका परिवारलाई जग्गा उपलब्धताका लागि गाउँ पालिकाले सहजीकरण गरिदिने अध्यक्ष श्रेष्ठले बताए । गाैरीगंज गाउँपालिकामा काेही पनि घरवारविहीन नहाेस भन्ने उधेश्यले याे याेजना अघि बढाएकाे र दाेस्राे चरण अन्तर्गत अन्य वडामा पनि याे याेजना लागू गरिने उनले बताए ।
३ काेठे एकै डिजाइनका घर निर्माण हुन लागेकाे र घर निर्माण गर्दा श्रमदान अर्थात मिस्री बाहेक उपभोक्ताहरू अाफै घर निर्माणमा लाग्नु पर्ने सहारा नेपाल गाैरीगंज सेवाकेन्द्रका म्यानेजर उमेश भारतीले बताए । गाैरीगंज गाउँपालिका वार्ड नं ४ का वडा अध्यक्ष कुलप्रसाद गिरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा उपाध्यक्ष दिपिन्द्र थापा, वार्ड नं ३ का अध्यक्ष मखना महताे, ईलाका प्रशासन कार्यालय गाैरीगंजका प्रमुख राजु दाहाल,सशस्त्र प्रहरी निरीक्षक दिपक खड्का, ह्याविट्याटका सुर्यप्रसाद काेईराला,कार्यपालिका सदस्य जेठा मुर्मु, माझी हडाम मताल टुडु, पर्शुराम राजवंशीलगायत वार्ड नं ४ का वडा सदस्यहरूकाे उपस्थिति थियाे ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  १० : ३२ बजे