३१ भदौ २०८२, मंगलबार | Tue Sep 16 2025

माया मुटुले गरिन्छ कि मनले? यस्तो छ वास्तविकता


१ फाल्गुन २०७५, बुधबार  

0
Shares

20190213_104526
गाैरीगंज १, फागुन / भ्यालेन्टाइन डेका अवसरमा हार्ट सेपको प्रयोग व्यापक रूपमा भएको पाइन्छ। बेलुनदेखि प्रेमी-प्रेमिकाले एकअर्कालाई दिने उपहार हार्ट सेपकै हुन्छ। ‘मनैदेखि कसैलाई माया गर्छु’ वा ‘मन पराउँछु’ भन्नुपर्‍याे भने हार्ट सेपकै सहारा लिने गरेको पाइन्छ। यसो गरिनुका पछाडि केही कारण छन्।

आज प्रकाशित सम्पूर्ण साप्ताहिकमा प्रा.डा. रवि शाक्य लेख्छन्ः मानव सभ्यतामा मुटु र मनलाई पर्यायवाची शब्दका रूपमा प्रयोग गरिन्छ। साहित्यकार, लेखक तथा कविले पनि मुटु र मनलाई पर्यायवाचीकै रूपमा प्रयोग गर्छन्।

माया दर्शाउन रातो मुटु, दुःखलाई टुटेको मुटु, दयालुलाई ठूलो मुटु, डरपोक वा कञ्जुस जनाउन सानो मुटु आदि अवधारणा शुभकामना कार्ड, स्टिकर, खेलौना, चकलेट, केक तथा उपहार सामग्रीमा चित्रित गरिन्छ। तर, विज्ञानको दृष्टिमा मन र मुटु एकै होइनन्। मुटु मांशपेशीले बनेको यान्त्रिक पम्प मात्र हो। यसको मद्दतले शरीरका कुनाकाप्चासम्म रक्तसञ्चार हुन्छ।

मुटुको जटिल शल्यक्रिया गर्दा अथवा मुटु फेर्दा यसलाई पूर्ण रूपमा अलग्याएर, कृत्रिम यन्त्रले सहजै ज्यान धान्न सकिन्छ। यस्तो मुटुविहीन अवस्थामा पनि मान्छेले सबै भावना महसुस गर्न सक्छ। अर्थात्, मनको घर मुटु होइन।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ५ : ०१ बजे